गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु कर्णालीमा आजदेखि पाठेघर क्यान्सरविरुद्धको खोप शुरु हेल्थ आवाज बुधबार, २०८० भदौ २७ गते, १२:४७ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली प्रदेशका आठ सय बालिकालाई पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आजबाट पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप लगाउन शुरु गरिएको हो । भदौ २७ गतेदेखि ३० गतेसम्म १४ वर्ष उमेरका ८०१ बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले पाइलट कार्यक्रममार्फत कर्णाली प्रदेशका लागि हाललाई प्रादेशिक अस्पताल सुर्खेतमा सो खोप उपलब्ध गराएको स्वास्थ्य विभागका खोप फोकल पर्सन पार्थमणि न्यौपानेले जानकारी दिए । ‘महाशाखाले देशका अन्य छ स्थानमा पनि सो खोप लगाउँदै छ ।’ उनले भने, ‘पाठेघरको मुखको क्यान्सर लाग्ने दर बढ्दो रहेकाले नेपाल सरकारले पाइलट कार्यक्रमका लागि यो खोप कार्यक्रम ल्याएको हो ।’ कर्णालीमा ३० वर्षदेखि ४९ वर्ष उमेर समूहका ५४ महिलाको परीक्षण गर्दा पाँच जनामा सो रोग देखा परेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए । ‘अस्पतालका लागि ८०१ जना १४ वर्ष उमेर समूहका बालिकाका लागि मात्र सो खोप लगाउन शुरु भएको छ ।’ उनले भने,‘प्रदेश अस्पतालमा खेर जान सक्नेसहित गरी ८४१ डोज खोप आएको छ । त्यसमध्ये ८०१ जना बालिकालाई खोप लगाइने छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब तिलाको जुम्लाकोटमा क्षयरोग स्क्रिनिङ शिविर पातारासी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर कर्णालीमा ९५ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप चौरजहारी अस्तालमा दुई महिने दक्ष प्रसूतिकर्मी तालिम सम्पन्न धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? ६ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन योग के हो ? यसका प्रकार र फाइदा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन योग के हो ? यसका प्रकार र फाइदा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब