२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालीकोटमा ७३ जना एचआईभी/एड्स संक्रमित

कालीकोटमा ७३ जना एचआईभी/एड्स संक्रमित


वीरेन्द्रनगर—कालीकोट जिल्लामा ७३ जनामा एचआईभी/एड्स संक्रमण रहेको पाइएको छ । विसं.२०६५ सालदेखि हालसम्म ७३ जनामा एचआईभी/एड्स संक्रमण भेटिएको हो ।

एचआईभी/एड्स सम्बन्धि काम गर्दै आइरहेको कर्णाली प्लसका अनुसार हालसम्म ७३ जनामा संक्रमण भेटिएको र त्यसमध्ये ८ जनाको मृत्यु भएको छ ।

अहिले जिल्लामा ६५ जनाले एआरटी औषधी सेवा लिइरहेको कर्णाली प्लसका एआरटी काउन्सिलर ईश्वर शाहीले जानकारी दिए । ‘एआरटी औषधी सेवन गर्नेमा ३२ जना पुरुष, २९ जना महिला, तीन जना बालिका र एक बालक रहेका छन्,’ उनले भने,‘मुत्यु हुनेमा चार जना महिला, तीन जना पुरुष र एक जना बालक रहेका छन् ।’

सरकारले सन् २०३० सम्म एचआईभी/एड्स महामारीको अन्त्य गर्ने लक्ष्य राखेको र शून्य नयाँ एचआईभी/एड्सको एड्ससम्बन्धी मृत्यु र संक्रमण शून्य झार्ने सरकारको लक्ष्य रहेको कर्णाली प्लसका अध्यक्ष कालीबहादुर शाहीले जानकारी दिए ।

‘सरकारी तथ्यांकअनुसार संक्रमितको संख्या घटेपनि उपचार सेवा लिनेको संख्यामा कमी आएको छैन,’ उनले भने,‘सरकारले आगामी सन् २०२६ सम्ममा आमाबाट जन्मेको बच्चामा सर्ने एचआईभी संक्रमण अन्त्य गर्ने र सन् २०३० सम्मका लागि ९५ प्रतिशत एचआईभी संक्रमितहरुले अवस्था बारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको एआरभी औषधि उपचारमा पहुँच हुने र औषधी खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून भएको हुनेछ ।’

एचआईभी/एड्सबाट संक्रमितहरुलाई अहिले एआरटी केन्द्रबाट निःशुल्क औषधी पाउने गरेको र औषधी निःशुल्क पाइने भएकाले संक्रमितहरु खुल्दै गएको अध्यक्ष शाहीले बताए । ‘पहिले रोग लुकाउने चलन निकै रहेको थियो,’ उनले भने,‘अहिले जनचेतना र औषधिका कारणले एचआईभी÷एड्स संक्रमितहरु खुल्दै गएका छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ