२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा आँखा पाक्ने रोग देखिएपछि ३ भदौसम्म विद्यालय बन्द

सल्यानमा आँखा पाक्ने रोग देखिएपछि ३ भदौसम्म विद्यालय बन्द


वीरेन्द्रनगर—सल्यानमा आँखा पाक्ने रोग देखिएपछि ३ भदौंसम्मका लागि विद्यालय बन्द भएका छन् । आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको भन्दै सल्यानका केही निजी (संस्थागत) विद्यालयले एक हप्ताका लागि स्कुल बन्द गरेका हुन् ।

विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपाटीका सहायक प्रधानाध्यापक दिपेन्द्र डाँगीले बताए ।

‘केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गरिएको छ,’ उनले भने, ‘भिडभाडमा यस प्रकारको संक्रमण छिटो फैलिने भएकाले यसको नियन्त्रणका लागि विद्यालय बन्द गरिएको हो ।’

शारदा नगरपालिकाका मोर्डन तुल्सीसँगै ब्राइट रोजल्याण्ड र मित्र प्याराडाइज बोर्डिङ स्कुल पनि बन्द भएका छन् ।

जिल्लामा पछिल्लो समय आँखा पाक्ने रोग फैलिएको शितलपाटी आँखा अस्पतालले जनाएको छ। पहिले ४० देखि ४५ जनासम्म आँखाका विरामी आउने गरेकोमा आजभोलि १ सय ५० सम्म पुग्ने गरेको शिलतपाटी आँखा उपचार केन्द्रका इन्चार्ज नवीना चौधरीले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ