वीरेन्द्रनगर—सुर्खेतको वीरेन्द्रनगरमा आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टीभाइटीस’ फैलिएपछि वीरेन्द्रनगरमा सञ्चालित अधिकांश निजी विद्यालयहरु बन्द गरिएका छन् । विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने रोग फैलिएका कारण प्याब्सनले महामारीका रुपमा विश्लेषण गरेर आइतबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
विद्यालयमा शिक्षक एवं विद्यार्थीहरु आँखा पाक्ने रोगबाट ग्रसित हुन थालेका कारणले विद्यालय बन्द गरिएको एडभान्स वेटर बोर्डिङ स्कुलका सञ्चालन जीवनबहादुर शाहीले बताए । ‘सबैभन्दा ठूलो कुरा विद्यार्थी र शिक्षकको स्वास्थ्य हो,’ उनले भने, ‘आँखा पाक्ने रोग देखिएका कारणले आइतबारसम्मका विद्यालय बन्द गरिएको छ ।’
नगरपालिकाले विदा नदिएका कारण आफूहरुले बिदा दिनु परेको प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्रीले पनि बताए ।
‘खासमा नगर शिक्षा समितिले यो महामारी विरुद्ध यस्तो निर्णय लिनुपथ्र्यो,’ उनले भने, ‘नगरले निर्णय नगरेपनि हामीले विद्यार्थी र शिक्षकको स्वास्थ्य अवस्था हेरेर विदा दिने निर्णय गरेका हौं ।’