गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ नर्सिङ लाइसेन्स परीक्षामा कर्णाली प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण
नर्सिङ लाइसेन्स परीक्षामा कर्णाली प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नर्सिङ पढेका शतप्रतिशत विद्यार्थी नर्सिङ लाइसेन्समा पास भएका छन् । नेपाल नर्सिङ काउन्सिलले लिएको लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएका हुन् ।
प्रतिष्ठानबाट ३४ जनाले नर्सिङ लाइसेन्स परीक्षा लिएका थिए । जसमा सबैजना विद्यार्थी उत्तीर्ण भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । ‘देशभरबाट पब्लिक नर्सिङमा ७८ प्रतिशत उत्तीर्ण हुँदा प्रतिष्ठानबाट भने शतप्रतिशत उत्तीर्ण भएका छन्,’ उनले भने ।
यस्तै, बीएमएसतर्फ देशभर ९४ प्रतिशत उत्तीर्ण हुँदा प्रतिष्ठानका पाँच जना परीक्षामा सहभागी भएका सबै शतप्रतिशत उत्तीर्ण भएको रजिष्ट्रार महतले जानकारी दिए ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ७ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
तपाईको प्रतिक्रिया दिनुहोस