२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यान अस्पतालमा निःशुल्क सेवा गर्दै डा. केसी

सल्यान अस्पतालमा निःशुल्क सेवा गर्दै डा. केसी


वीरेन्द्रनगर—डा. गोविन्द केसी सल्यान अस्पतालमा निःशुल्क सेवा दिन थालेका छन् । शनिबारबाट सल्यान अस्पतालबाट डा.केसीले निःशुल्क हाडजोर्नी तथा नसा रोगको उपचार गर्न थालेका हुन् ।

आर्थिक अभावमा विशेषज्ञ स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भन्दै उनले जिल्ला अस्पताल सल्यानबाट निःशुल्क स्वास्थ्य सेवा दिन थालेको डा.केसीले बताए ।

एक दिनमा ५० जनासम्मलाई सेवा दिने भनेका डा. केसीले आएका जति कसैलाई पनि त्यत्तिकै नफर्काउने बताएका छन् । गत वर्ष रुकुमबाट फर्कने क्रममा सल्यान आएर एक साता सेवा दिने योजना भए पनि आवश्यक काम परेका कारण बिरामीलाई सेवा दिन नसकी फर्किनु परेकाले गत वर्षको वाचा पूरा गर्न जिल्ला अस्पताल सल्यान आएर सेवा दिन थालेको डा. केसीले बताए ।

‘अहिले देशभरी नै करारमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीले अस्पताल तथा स्वास्थ्य संस्थाबाट सेवा दिइरहेका छन् । सरकारको बेवास्ताका कारण अस्पताल सेवा विस्तार गर्न नसक्दा सर्वसाधारणले विशेषज्ञ सेवा पाउन सकेका छैनन्,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका दुर्गमका विपन्नले पनि सहज रुपमा विशेषज्ञ सेवा पाउन सकून् र अकालमा ज्यान गुमाउने मात्र नभई अपांग भएर कष्टकर जीवन बिताउन नपरोस् भनेर सल्यान आई सेवा दिन थालेको हुँ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ