गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालले भित्र्यायो २९ करोड ७१ लाख रुपैयाँको एमआरआई मेसिन
कर्णाली प्रदेश अस्पतालले भित्र्यायो २९ करोड ७१ लाख रुपैयाँको एमआरआई मेसिन

वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा एमआरआई मेसिन आइपुगेको छ । विशिष्ट क्षमताको एमआरआई मेसिन जर्मनीबाट ल्याइएको हो ।
विगत १५ महिनाको लामो प्रयासपछि मेसिन ल्याउन सफल भएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए । ‘२९ करोड ७१ लाख रुपैयाँ मूल्य परेको छ,’ उनले भने, ‘६४ स्वतन्त्र च्यालन क्षमताको एमआरआई मेसिन उच्च गुणस्तर रहेको छ ।’
यो उच्च क्षमता भएको दैनिक ३५ देखि ४० जनालाई जाँच गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन एमआरआई मेसिन भएको डा. खड्काले जानकारी दिए ।
मेसिन संचालनमा आउनका लागि भने केही समय लाग्ने उनले जानकारी दिए ‘मेसिन स्थापना गर्न अलि समय लाग्छ,’ उनले भने ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
- ५ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल
- ६ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी
- ७ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प
तपाईको प्रतिक्रिया दिनुहोस