खुल्दैनन् पाठेघर खस्ने समस्या भएका महिला

वीरेन्द्रनगर—सल्यानमा आङ (पाठेघर) खस्ने समस्या भएका महिला अझै पनि खुलेर स्वास्थ्य संस्थासम्म आउन सकिरहेका छैनन् । कसैको करकाप तथा बाध्यताबीच जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने महिला पनि आफ्नो समस्याका बारेमा खुल्न नसक्ने, लजाउने, बोल्दा हिचकिचाउने गरेको पाइन्छ ।
जटिल समस्या नआउँदासम्म पाठेघर खसेका महिलाले आफ्नो व्यथा लुकाएर राख्ने गरेका छन् । जसका कारण दिन प्रतिदिन उनीहरूको समस्या बल्झिँदै जाने सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिंहले बताए । ‘मुख्य समस्या पाठेघरको भएपनि अर्कै समस्या भनेर आउनुहुन्छ,’ उनले भने, ‘हामीले सहजीकरण गर्दा हिचकिचाएर पाठेघरको समस्या लिएर आएको भनेर भन्नुहुन्छ ।’ कलिलै उमेरमा विवाह गरी सुत्केरी हुनु नै पाठेघर खस्नुको मुख्य समस्या रहेको उनले बताए ।
गर्भवती अवस्थामा महिलाले गहुंगो भारी बोक्दा, चुरोट बिडी खाएर बारम्बार खोक्दा, बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल गरी साल निकाल्दा, सुत्केरी अवस्थामा टुक्रुक्क बस्दा र काम गर्दा पाठेघर खस्न सक्ने सम्भावना धेरै रहने डा. सिंहले बताए । ‘अशिक्षा, गरिबी, चेतनाको अभाव र भौगोलिक विकटताका कारण पाठेघर खस्ने समस्या लुकाएर बस्न बाध्य हुने गरेका छन्,’ उनले भने, ‘घरपरिवार, छरछिमेकले के भन्लान् भन्ने सोचले रोग लुकाएर राखियो ।’
१६ वर्षमै विवाह गरी १७ वर्षमा सुत्केरी भएकी माया खड्काले पनि सन्तुलित र ज्ञानको अभावकै कारण पाठेघर खस्ने समस्या झेल्दै आएको बताइन् । सानै उमेर विवाह गरी आमा बन्दा र स्वास्थ्य सम्बन्धी ज्ञान नहुँदा १७ वर्षकै उमेरमा पाठेघर खस्ने समस्या बल्झिएको उनको भनाइ छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष सल्यान जिल्ला अस्पतालमा मात्र २० वर्षमुनिका १ हजार ४ सय २० महिला सुत्केरी भएका छन् ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल
तपाईको प्रतिक्रिया दिनुहोस