२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला पूर्ण खोप सुनिश्चिता घोषणा

जुम्ला पूर्ण खोप सुनिश्चिता घोषणा


जुम्ला—जुम्ला जिल्लालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठ वटै पालिकामा १५ महिनामुनिका सबै बालबालिकामा पूर्ण खोपको पहुँचमा पुगेसँगै जुम्लालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रेम सुमाईले पूर्ण खोप सुनिश्चित निरन्तरता तथा दिगोपना जिल्ला घोषणा गरिएको बताए । उनका अनुसार जिल्लाका आठै पालिका यसअघि पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिका घोषणा भइसकेका छन् ।

१५ महिनामुनिका सबै बालबालिका अनिवार्य पूर्ण खोपको पहुँचमा पुग्नुपर्ने संवैधानिक व्यवस्था र वार्षिक कार्यक्रमअनुसार जुम्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यसहित आठै पालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारीलगायत स्वास्थ्यकर्मीहरुको सहभागितामा पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भएको छ ।

समन्वय प्रमुख आचार्यले पूर्ण खोप घोषणा भएपनि अझै खोपबाट बन्चित बालबालिकालाई खोपको पहुँचमा ल्याउन विभिन्न सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए ।

हाल जुम्लाको खोप कभरेज ७५ प्रतिशत मात्रै रहेको छ भने करिब २५ प्रतिशत बालबालिका अझै पूर्ण खोपबाट बन्चित छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ