वीरेन्द्रनगर—कर्णाली प्रदेशले ठूलो संख्यामा चिकित्सकको माग गरेको छ । कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालयका लागि कर्णाली प्रदेशले ११६ जना चिकित्सकको माग गरेको हो ।
कर्णाली प्रदेशको सामाजिक मन्त्रालयले प्रदेश मातहतका स्वास्थ्य सेवा निर्देशनालय, मानव संसाधन विकास केन्द्र, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश अस्पताल, प्रदेश आयुर्वेद अस्पतात तथा अनुसन्धान केन्द्र, मेहलकुना अस्पताल, स्वास्थ्य सेवा कार्यालयहरु तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरुका लागि प्राबिधिक कर्मचारी सेवा करारका लागि ११६ जनाको माग गरेको हो ।
पहिलो पटक असार १९ सूचना निकालेर करार कर्मचारीको माग गरेको छ । गाइनोलोजिष्ट ११ जना, पेडियाट्रिसियन ५ जना, नियोनेटोलोजिष्ट १ जना, जनरल फिजिसियन १० जना, ग्याष्ट्रोइन्टेरोलोजिष्ट १ जना, कार्डियोलोजिष्ट १ जना, नेफ्रोलोजिष्ट, इन्डोक्राइनोलोजिष्ट, फरेन्सिक मेडिसिन १÷१ जनाको माग गरेको छ ।
त्यस्तै, कन्सल्टेन्ट जनरल सर्जन ८ जना, पेडियाट्रीक सर्जन, ग्याष्ट्रोइन्टेरोलोजिष्ट सर्जन १÷१ जना, अर्थोपेडिन सर्जन ५ जना, डर्माटोलोजिष्ट, डेन्टल सर्जन १÷१ जना, मेडिकल जनरलिष्टलिष्ट २ जना, रेडियोलोजिष्ट १ जनाको माग गरेको छ ।
त्यस्तै, एनेस्थेसियोलोजिष्ट ५ जना, काय चिकित्सक, कौमारभृत्य चिकित्सक शल्य चिकित्सक, अधिकृत, जनस्वास्थ्य प्रशासक, प्याथोलोजिष्ट, माइक्रोबायोजोजिष्ट, स.उ.प्र.मे.टे. मा १/१ जनाकोे माग गरिएको छ ।
मेडिकल अधिकृत २४ जना, डेन्टल सर्जन ६ जना, आयुर्वेद चिकित्सक ४ जना, ल्याव टेक्नोलोजिष्ट ३ जना, जनस्वास्थ्य अधिकृत ७ जना, रेडियोग्राफी टेक्नोलोजिष्ट १ जना, नर्सिङ अधिकृत ४ जना, बायोमेडिकल इन्जिनियर २ जनाको माग गरिएको छ ।
यी पदका लागि १५ दिनभित्र दरखास्त दिन पाइने सूचनामा जनाइएको छ ।