२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालीमाटी गाउँपालिकाले नीति तथा कार्यक्रमः विद्यालयमा निःशुल्क स्यानिटरी प्याड

कालीमाटी गाउँपालिकाले नीति तथा कार्यक्रमः विद्यालयमा निःशुल्क स्यानिटरी प्याड


वीरेन्द्रनगर—सल्यानको कालीमाटी गाउँपालिकाले विद्यालयमा निःशुल्क स्यानिटरी प्याड, घरघरमा खानेपानी धारा बनाउने नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार गाउँसभाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि वार्षिक नीति तथा कार्यक्रम ल्याउने सो घोषणा गरेको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘स्वच्छ खानेपानी, स्वच्छ जीवन’ भन्ने नारालाई साकार पार्न खानेपानी योजनाहरु सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

‘एक घर, एक धारा’ निर्माण गर्ने नीति लिएको जनाएको छ । स्वास्थ्यको भवन निर्माण गरिने गाउँपालिकाको नीति कार्यक्रम रहेको छ ।

यसैगरी, नीति कार्यक्रममा ग्रामीण अल्ट्रासाउण्ड सेवामार्फत गर्भवती महिलामा स्वास्थ्यको पहुँच विस्तार गर्ने, ग्रामीण अल्ट्रासाउण्ड सेवाको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

किशोरीहरुको महिनावारी प्रवर्द्धन ध्यान दिदैं विद्यालयमा तथा स्वास्थ्य संस्थामा निःशुल्क स्यानीटरी प्याड वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पोषणमैत्री विशेष कार्यक्रम सञ्चालन गर्ने र ०८०/०८१ भित्र गाउँपालिकालाई पोषणमन्त्री वडा घोषणा गर्ने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ