२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतका निजी विद्यालय एक साताका लागि बन्द

सुर्खेतका निजी विद्यालय एक साताका लागि बन्द


वीरेन्द्रनगर— गर्मीका कारणले सुर्खेतका निजी विद्यालयहरू एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । गर्मी बढ्न थालेको भन्दै निजी विद्यालयहरुले पठन—पाठनमा एक साताका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले यहाँका निजी विद्यालयहरुलाई पत्राचार गर्दै एक साताका लागि गर्मी बिदा दिन भनेको छ त्यहीअनुसार बिदा दिइएको एक निजी विद्यालय संञ्चालकले जानकारी दिए ।

‘विद्यालयहरूले २४ जेठदेखि ३० जेठसम्मका लागि पठनपाठन क्रियाकलाप रोकेका छौं,’ ती संचालकले भने, ‘सोमबार बसेको प्याब्सनको जिल्ला कार्यसमिति बैठकले सुर्खेतस्थित सम्पूर्ण निजी विद्यालयहरूमा गर्मी विदा दिने निर्णय गरेको थियो ।’

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको बताउँदै प्याब्सनले वातावरणमा सुधार आएपछि जेष्ठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने योजना बनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ