गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकप्टरबाट उद्धार दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी गर्भवतीको हेलिकप्टरबाट उद्धार हेल्थ आवाज मंगलबार, २०७९ फागुन ३० गते, १५:५१ मा प्रकाशित वीरेन्द्रनगर—दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी हुम्लाकी एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत ल्याइएको छ । हुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षीया गर्भवती महिला जुनकला कामीको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ । आइतबार सुत्केरी व्यथा लागेलगत्तै गर्भवती कामीलाई चंखेली गाउँपालिकाको पिप्लाङ स्वास्थ्य चौकीमा ल्याएर उपचार सुरु गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरको व्यवस्था गरी गाउँपालिका केन्द्र पिप्लाङबाट उद्धार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । बच्चा उल्टो भएको र सालनाल अगाडि निस्केकी जुनकलाको उद्धार गर्ने कार्य भएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् । ‘जटिल खालको सुत्केरी व्यथा लागेकी गर्भवती अवस्था निक्कै जटिल भएको छ,’ उनले भनिन्, ‘अहिले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा निःशुल्क स्वास्थ्य शिविर हुँदैं रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल जुम्लाकोट र पुरुगाउँमा होम डेलिभरी शून्य बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ पूर्वी नेपालमा प्यारासिटामोल इन्जेक्सनको तस्करी : बिक्री गर्ने फार्मेसीमा ताला ७ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता Kalpana Craft ट्रेण्डिङ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने