२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाका सहायक सिडिओ संक्रमित, प्रशासन एक हप्ता बन्द

हुम्लाका सहायक सिडिओ संक्रमित, प्रशासन एक हप्ता बन्द


जुम्ला—हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी कोभिड–१९ संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय एक हप्ताका लागि सिल गरिएको छ । सहायक प्रजिअ दशरथ राईलाई कोभिड–१९ संक्रमण भएपछि प्रशासन कार्यालयका सम्पूर्ण काम बन्द गरिएको हो ।

कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालय एक हप्ताका लागि बन्द गरिएको प्रशासनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार ३२ जनालाई कोभिड–१९ परीक्षण गरिएको हो । जसमध्ये १० जनामा संक्रमण देखिएको थियो । १० जना संक्रमितमध्ये अहिले एक जना मात्रै सक्रिय संक्रमित छन् भने ९ जनालाई निको भइसकेको छ ।

‘लक्षण देखिएका व्यक्तिहरुको मात्रै कोभिड–१९ परीक्षण गर्ने गरिएको छ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ