२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश‘सबैको पहुँचमा कोभिड खोप पु¥याउन सबै जिम्मेवार भएर अघि बढौं’

‘सबैको पहुँचमा कोभिड खोप पु¥याउन सबै जिम्मेवार भएर अघि बढौं’


सुर्खेत – स्वाथ्य तथा जनसङख्या मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले कोभिड-१९ विरुद्धको खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न दत्तचित्त भएर लागेको बताएका छन् । शुक्रबार प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राज्यमन्त्री खापुङले यसो भनेका हुन् ।

सबैको पहुँचमा खोप पु¥याउन सबै आ – आफनो ठाउँमा जिम्मेवार भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । कोरोना नियन्त्रण तथा रोकथाममा सबैको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ।

उनले खोप अभियानमा अझै पनि सोचे अनुसार प्रगति हुन नसकेको भन्दै खोप अनिवार्य छ भनेर सबै नागरिकलाई बुझाउन आवश्यक रहेको बताए । उनका अनुसार खोप अभियानमा नागरकि कम उत्साह रहेको पाइयो । खोपको उपयोगिताको बारेमा बुझाउन र यो अनिवार्य हो भनेर सचेतना जगाउन आवश्यक रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुम विशषज्ञ श्याम सुन्दर यादवले खोप सम्बन्धी जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै यसमा स्थानीय सरकार सक्रिय हुनुपर्ने बताए ।

उनले यस कार्यमा स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । ‘कोरोनाले विश्वलाई नै आक्रान्त पारेको छ । अझै पनि नागरिकहरुले खोप नलगाएको पाइएको छ । सचेतना बढाउने र सहजिकरण गर्न आवश्यक छ । उहाँहरुलाई खोपले सुरक्षा दिन्छ र बचाउन सकिन्छ भन्ने कुरा बुझाउन आवश्यक छ,’ उनले भने, ‘अब सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका लागि पनि छिट्टै खोप लगाउँने व्यवस्था गर्ने छौँ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ