२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका कोभिड प्रभावित २४९ जना अपांगता व्यक्तिलाई राहत वितरण

जुम्लाका कोभिड प्रभावित २४९ जना अपांगता व्यक्तिलाई राहत वितरण


जुम्ला – जुम्लामा अपाङ्गता भएका व्यक्तिलाई राहत बितरण गरिएको छ । कोरोना प्रभावित भएका २४९ जना अपाङ्गता भएका व्यक्ति र विपन्न नागरिकलाई गरी ५५५ जनालाई राहत बितरण गरिएको हो ।

कोभिड प्रभावित विपिन्न नागरिक र अपांगता भएका व्यक्तिको दैनिकीमा सहजता ल्याउनका लागि राहत वितरण गरिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ गाउँपालिकाका ५५५ जनालाई राहत वितरण कार्यक्रम गरिएको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ ।

कोरोना भाइरसबाट प्रभावित परिवारको सहायता कार्यक्रम अन्तरगत करिब ६ महिना पुग्ने खाद्यन्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताए । उनले भने, ‘सिविएम नेपालको सहयोगमा आईएनएफ नेपाल जुम्लाले चन्दननाथ नगरपालिका र कनकासुन्दरी गाउँपालिकामा वितरण गरेको हो । स्थानीय सरकारको समन्वयमा दुई चरणमा राहत वितरण गरिएको छ ।’

चामल ६० केजी, दाल १५ केजी, १ किलो नून, दुईवटा सावुन, जिरा, खुर्सानी, धनिया सहितका खाद्य सामग्रीहरु वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले बताए । उनका अनुसार बिपन्नमा अपांगता भएका व्यक्तिहरु बढिनै हुने भएकाले राहत वितरणमा अपांगता व्यक्तिहरु बढी परेका छन् ।

राहत वितरणमा टुहुरा वालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको छ । कोरोनाका कारण आम्दानी गुमाएका तथा विपन्न नागरिकलाई तेस्रो चरणको सहयोग कार्यक्रमको दोस्रो चरणको राहत वितरण कार्यक्रम समेत तयारी भइरहेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा तिनै विपन्न व्यक्तिहरुलाई राहत कार्ड समेत वितरण गरिएको छ ।
उनीहरुले सो कार्डको आधारमा तेस्रो चरणको राहत पाउनेछन् ।

कोरोनाले लामो समय ग्रसित बनाएपछि आम्दानी विहिन परिवारलाई करिब ६ महिना खाद्यन्न पुग्ने अनुमान गरिएको छ । कोरोनाको समयमा सिविएम नेपालको सहयोगमा आईएनएफ नेपाललाई राहत वितरण, राष्ट्रिय अपांग महासंघ नेपालको सचेतना तथा सिएमसी नेपालले मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई तनाव व्यवस्थापन सम्वन्धी तालिम दिदै आएको राष्ट्रिय अपांग महासंघ नेपालका कर्णाली प्रदेश अध्यक्ष विष्णु शर्माले बताए ।

चन्दननाथ नगरपालिकाका नगरउपप्रमुख अप्सरादेवि न्यौपानेका अनुसार संकटको समयमा आर्थिक अवस्था कमजोर भएका घरपरिवारका व्यक्तिलाई ठूलो राहतको प्याकेजको सहयोग गर्नु सबल पक्ष हो । उनले आगामी दिनमा यस्ता प्रकारका कार्यक्रम निरन्तता हुन आवश्यक भएको बताइन् । राहत प्याकेज कार्यक्रमका लागि चन्दननाथ र कनकासुन्दरीमा १० जना बढि व्यक्तिलाई ६ महिनाका लागि स्वंसेवक परिचालन गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ