२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशएकै परिवारका चार जनामा कोभिड–१९ संक्रमण, भन्छन्, ‘औषधी ल्याइदिने मान्छे पनि छैन’

एकै परिवारका चार जनामा कोभिड–१९ संक्रमण, भन्छन्, ‘औषधी ल्याइदिने मान्छे पनि छैन’


जुम्ला—चन्दननाथ नगरपालिका–३ बुढ्थापावाडाका एकै घरका चार जना कोभिड–१९ संक्रमित छन् । उनीहरु अहिले होम आइसोलेसनमा बसिरहेका छन् । उनीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा असार १५, १६ र १७ गते पिसिआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

संक्रमित देवीजंग बुढथापाको घरका पाँच जना परिवारमध्ये चार जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ‘बच्चाको परीक्षण गरिएको छैन्,’ उनले भने एकसातादेखि होम आइसोलेसनमै छौं । घर बाहिर निस्कने अवस्था छैन । संक्रमणका केही लक्षण पनि छन् । औषधी ल्याइदिने मान्छे छैन । अहिले हामी निकै पीडामा छौं ।’

बुढथापाकाअनुसार वडाध्यक्षले व्यक्तिगत रुपमा केही माक्स र स्यानिटाइजर दिएका छन् । तर, नगरपालिका, वडापालिकाले वेवास्था गरेको गुनासो उनले सुनाए ।

चन्दननाथ नगरपालिकाले उद्योग वाणिज्य संघ जुम्लाको हलमा संस्थागत आइसोलेसन बनाइएको छ । नगरपालिकाभित्रका सबै संक्रमतिलाई संस्थागत आइसोलेसनमा बस्न आग्रह गरेपनि नागरिकले बस्न नमानेपछि गाउँमा संक्रमण फैलिएको स्थानीयहरु बताउँछन् ।

चन्दननाथ नगरपालिका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगीकाअनुसार संक्रमण परीक्षण गरेपछि लक्षण जटिल देखिएपछि कोभिड–१९ अस्पतालमा भर्ना हुने हो । सामान्य लक्षण भएका व्यक्तिहरु होम आइसोलेसनमै बस्ने हो ।

उनले भने, ‘अहिले आर्थिक वर्षको अन्त्यतिर भएकोले पनि नगरपालिकामा बजेटको कमी नै छ । यसअघि संक्रमितलाई कोसेली वितरण कार्यक्रम थियो,’ उनले भने, ‘अहिले बजेट अभावले त्यो कार्यक्रम पनि प्रभावित भएको छ । अब नयाँ आर्थिक वर्षमा कोभिड–१९ संक्रमण रोकथामका लागि बजेट व्यवस्थापन हुन्छ होला ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ