२०८१ मंसीर १०, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा थप २६० जनामा कोभिड पुष्टि, ४७५ जना डिस्चार्ज

कर्णालीमा थप २६० जनामा कोभिड पुष्टि, ४७५ जना डिस्चार्ज


सुर्खेत – कर्णालीमा थप २६० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको २१६ जनाको आरटी पिसिआर  परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको छ । ६१५ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणमा भने थप १३९ जनामा पुष्टी भएको हो ।

योसँगै पछिल्लो २४ घण्टामा २८९ जना आइसोलेसनमा संक्रमित थपिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कर्णालीमा संक्रमणबाट मृत्यु हुनेको संख्या २६८ पुगेको निर्देशनालयको जारी विज्ञप्तीमा उल्लेख छ ।

कर्णालीमा हालसम्म १९ हजार पाँच सय ९१ जनाले  संक्रमण जित्दा पछिल्लो २४ घण्टामा मात्रै थप ४५७ जना डिस्चार्ज भएका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ६५ पुगेको जनाइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ