जिल्ला अस्पताल हुम्लामा जडान गरिँदै अक्सिजन कन्सन्ट्रेटर
जुम्ला – कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको सीमकोट गाउँपालिकास्थित स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोनाबाट संक्रमित बिरामीको उपचारलाई ध्यानमा राखी ८ वटा नयाँ अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । जिल्लामा दैनिक संक्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको हो ।
दुर्गममा कोभिड-१९ संक्रमितको उपचारका लागि बढी उपयोगी देखिएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर ल्याइएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
यसअघि जिल्ला अस्पतालमा ३ वटा अक्सिजन कन्सन्ट्रेटर थिए । अब अस्पतालले केही जटिल अवस्थाका कोभिड–१९ बिरामी देखिए पनि जिल्लामै उपचार गर्न सकिने जिल्ला अस्पतालका चिकित्सक डा. टासीआङ्जु लामाले जानकारी दिए । उनले भने, ‘अस्पतालमा १२ जनासम्म कोभिड-१९का बिरामीलाई एकसाथ उपचार गर्न सक्ने क्षमता छ ।’
७ गाउँपालिका रहेको हुम्लामा सदरमुकाम सीमकोट गाउँपालिकासहित ६ पालिकामा कोरोरा संक्रमण तीव्र गतिमा फैलिएको छ ।कोभिड-१९ संक्रमणको ग्रीन जोन रहेको हुम्ला नेपालगञ्ज र सुर्खेतबाट गत १९ वैशाखमा भित्रिएका ८ यात्रुमा संक्रमण देखिएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । हुम्लामा हालसम्म १४३ जनामा संक्रमण पुष्टि भएको छ भने सक्रिय संक्रमितको संख्या ९४ छ ।
धेरै पढिएका
- १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र
- २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर
- ३ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी
- ४ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै
- ५ लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन
- ६ निर्देशकका नजरमा कान्तिका १० समस्या : भौतिक पूर्वाधार अपुगदेखि बजेट अभावसम्म
- ७ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित
तपाईको प्रतिक्रिया दिनुहोस