२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुबाट कोभिड संक्रमित हेलिकोप्टरमार्फत काठमाडौँ पठाइयो

मुगुबाट कोभिड संक्रमित हेलिकोप्टरमार्फत काठमाडौँ पठाइयो


जुम्ला –  कोभिड संत्रममित गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका स्थायी घर भएका कर्णाली माध्यामिक विद्यालय मुगुका प्रधानाध्यापक गोविन्द ढकाललाई हेलिकोप्टरमार्फत काठमाडौँ पठाएको छ । संक्रमित ढकाललाई श्वास–प्रश्वासमा समस्या भएपछि हेलिकोप्टरमार्फत बुधबार काठमाडौँस्थित हेम्स अस्पतालमा पठाएको हो ।

संक्रमित ढकाललाई जिल्ला अस्पताल मुगुमा उपचारमा राखिएको थियो । अस्पतालका सूचना अधिकारी पशुराम नेपालीका अनुसार उनलाई जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको थियो ।

अवस्था पनि सामान्य रहेको थियो । संक्रमितको मुगुमा आफन्तहरु नभएको र विरामी पनि आत्तिए पछि आफ्नै स्वइच्छाले काठमाडौँ गएका हुन् । घर परिवारको सल्लाहा र निजि लगानीमा ढकाललाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको उनले बताए ।

संक्रमित ढकालका अनुसार स्वास्थ्य अवस्था सुधारन्मुख रहेको छ । जिल्ला अस्पतालले अक्सिजन नै प्रयोग गरी उपचार गरेको थियो । उनले भने यता मेरो मनले उपचार गर्न नमानेको त होईन । तै पनि आफ्नै ईच्छाले ब्यक्तिगत रुपमा हेलिकोप्टर चार्टर गरि काठमाडौँ गएको हुँ ।

ढकालको अध्यापन गराउने विद्यालयबाट जेठ ३ गते मात्रै जिल्ला अस्पताल मुगुमा आइ पुगेका थिए ।  गएको आइतबार एन्टिजेन विधिवाट परीक्षण गर्दा उनी सहित अर्को शिक्षिकलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मुगुमा अहिले १ सय ५२ जनामा कोरोना संक्रमण रहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ