२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको कुडारीमा बन्ने भयो १० शैय्याको अस्पताल

जुम्लाको कुडारीमा बन्ने भयो १० शैय्याको अस्पताल


जुम्ला – जुम्लाको तिला गाउँपालिका – ३ कुडारीमा सुविधायूक्त १० शैय्याको अस्पताल बन्ने भएको छ । अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।

स्वास्थ्य सुविधाबाट पछाडी परेका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि र उनीहरुको दीर्घायूका निम्ति स्थानीय तहमै सुविधायूक्त अस्पताल निर्माण गर्न थालिएको राज्यमन्त्री रावतले बताए । उनले भने, ‘यसअघि कर्णालीका दुरदराजमा बसोबास गर्ने नागरिकले विरामी हुँदा सिटामोलको टाटासमेत खान नपाएर मृत्युवरण गर्नु परेको तितोसत्य हाम्रा सामु सर्वाधितै छ ।’

यस्तै, घटनालाई मध्यनजर गर्दै संघीयता पछि अहिलेको वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरी अस्पताल बनाउन थालिएको हो । शिलान्यासकोक्रममा मन्त्री रावतले नेपाल सरकारले कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैय्याका अस्पताल निर्माणको कार्य थालिएको बताए ।

संरचनासहित दक्ष जनशक्ति र उपकरण पनि सरकारले उपलव्ध गराउने उनले विश्वास व्यक्त गरे ।  साथै उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप २ शैया थपेर ५ सय शैयाको बनाउन बजेट विनियोजन जानकारी दिए ।

मन्त्री रावतले अत्याधुनिक सेवा सहितको सेवा दिने गरी सरकारले बजेट विनियोजन गरेको छ । गाउँमा निर्माण हुने अस्पतालमा डाक्टर तथा औषधी उपकरणको अभाव नहुने दाबी गर्दै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन सडक विस्तार पूर्वाधार व्यवस्थापन अति आवश्यक रहेको उनको भनाई छ ।

संघीय सरकारले चालु आर्थिक वर्षमा ३ सय ९६ वटा स्थानीयतहमा अस्पताल निर्माण कार्य सुरू गर्दै स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन गरिरहको उल्लेख गरे ।  सरकारले जनसंख्या र भू-गोललाई आधार बनाएर स्वास्थ्य क्षेत्रको विकासमा बजेट छुटाएको उनले बताए । मुलुकका नागरिकलाई स्वस्थ्य नराखी देशको विकास सम्भव नहुने लक्ष्यका साथ सरकारले गाउँगाउँमा अस्पताल बनाउन थालेको हो उनले भने ।

पूर्वराज्यमन्त्री बलबहादुर महतले विरामी पर्दा सहज होस भन्ने अवधारणा अनुसार नै स्थानीय तहमै सुविधासम्पन्न अस्पताल बनाउन पहल गरिएको बताए । उनले भने,  ‘नागरिककै सेवाका निमित्त दुरदराजमा रहेका तिला, कनकासुन्दरी र पातारासी गाउँपालिकामा १०-१५ शैय्याको अस्पताल निर्माण लागि पहिल गरिएको थियो । त्यसको उपलब्धि आज प्राप्त भएको छ । भौतिक संरचना निर्माणका शिलान्यास हुनु भनेको पहिलो उपलब्धि हो ।

पहिलो चरणमा तिला र कनकासुन्दरी गाउँपालिकामा अस्पताल निर्माणका लागि शिलान्यासदेखि अन्य काम सुरु भइसकेका छन् । उनले भने, ‘अब यहाँका पातारासी गाउँपालिका पनि विकट बस्तीमा रहेको पालिका हो । त्यहाँ पनि अस्पताल निर्माणका लागि भरपुर पहल गरिने छ ।’

तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले नागरिकमा हितका लागि संघ र प्रदेशसँग समन्वय गरि अघि बढेको बताए  । दिर्घकालिन, मध्यकालिन अल्पकालिन योजना बनाएर स्वास्थ्य क्षेत्र सुधारमा जुटेको उनलेउल्लेख गरे । सकेसम्म आफ्नै कार्यकालमा अस्पताल उद्घाटन गरि सेवा प्रवाह गर्ने गरि काम बढाउने प्रतिबद्धता जनाए ।

तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले ३१ गाउँबस्ती रहेको तिलामा गुणस्तरी स्वास्थ्यमा अझै समस्या रहेको बताइन्  । १० शैय्याको अस्पताल निर्माणले दुर्गम क्षेत्रको स्वास्थ्य सुधारमा नयाँ आयम थप्ने उनको भनाई छ । अस्पताल निर्माणका लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको छ । उनले भनिन्,  ‘सुविधा सम्पन्न अस्पतालले नागरिकलाई संघियताको महशुस गराउने अपेक्षा गरिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ