२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप

सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप


सुर्खेत – कर्णाली प्रदेशको पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले चारवटा नयाँ स्वास्थ्य इकाइ थप गरेकोछ । पञ्चपुरी नगरपालिकामा  स्वाथ्यको पहुँचमा पुग्न एक घण्टाभन्दा बढि समय नलागोस भनेर स्वाथ्य इकाइ थप गरिएको हो ।

नागरिकले सहजै स्वाथ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले यहाँ दुईवटा नयाँ स्वास्थ्य इकाई थप गरिएको नगरपालिकाले जनाएको छ । पहिले यहाँका नागरिक लामो समय हिडेर उपचारकालागि आउनु पर्ने बाध्यता थियो । पञ्चपुरी नगरपालिकाका नगरप्रमुख उपेन्द्र बहादुर थापाले भने, ‘स्वास्थ्य इकाइमा पुग्नको लागि एक घण्टा भन्दा बढि समय नलागोस भन्नेर छाप्रेमा दुईवटा स्वाथ्य इकाइ थप गरेका छौँ।’

यसका साथै विद्यापुरको दह सान्नेमा एउटा र तातापानिमा एउटा स्वास्थ्य इकाई थप गरिएको उनको भनाई छ । स्वास्थ्यमा अझै पनि समस्या छ’, उनी भन्छन्, ‘ घर भाडामा लिएर कर्मचारी नियुत्ति गरेका छौं ।’

वडा नम्बर ७ साविकको छाप्रे गासबिस भौगोलिक बिकटता भएको वडा हो । दुर्गमताका कारण यहाँका नागरिक उपचारका लागि ३ देखि ४ घण्टा हिड्नु पर्ने बाध्यता थियो ।

सुगम ठाउँमा कर्मचारी बस्न मान्छन् दुर्गममा बस्न मान्दैनन् । साथै प्रदेश र संघिय सरकाले स्वास्थ्यका क्षेत्रमा कुनैपनि पहल नगरेको उनको भनाइ छ । ‘सबैभन्दा पहिले मान्छे स्वस्थ हुनुपर्छ, ‘उनी भन्छन्, ‘प्रदेश सरकार र संघिय सरकारले पनि स्वास्थ्यका क्षेत्रमा प्राथामिकता दिनु पर्छ।’

हाल पञ्चपुरी नगरपालिकाले स्वाथ्यका क्षेत्रमा करिब २ करोड बजेट छुट्याएको छ । कर्मचारी नियुत्ति, सुत्केरी प्रोत्साहान भत्ता, औषधि खरिद जीर्ण भएका भवन मर्मतसम्भारमा सो रकम खर्च गरिने नगरप्रमुख थापाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ