गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि प्रहरी हिरासतमा रहेका एक जनामा कोरोना पुष्टि चन्द्रा कँडेल सोमबार, २०७७ असार २९ गते, ०८:१२ मा प्रकाशित सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जनामा कारोना भाइरसको संक्रमण देखिएको छ । हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । बलात्कार आरोपमा पक्राउ परेका उनमा असार २६ गते कोरोना पुष्टि भएपछि प्रदेश अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। कोरोना पुष्टि भएका थुनुवा असार १५ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए। कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपि) राम प्रसाद घर्तिले जानकारी दिए । पीडितको उजुरीका आधारमा पक्राउ गरेको उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना नेगेटिभ देखिएको उनको भनाइ छ। आरडिटी गर्दा नेगेटिभ देखिएपछि हिरासतमा राखेका बेला जिल्ला अदालतको आदेशपछि उनीसहित ६ जनाको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको थियो। तीमध्ये अरू पाँच जनामा भने कोरोना नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै प्रहरी नायव उपरिक्षक (डिएसपि) घर्तिले जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लाकोट र पुरुगाउँमा होम डेलिभरी शून्य बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब तिलाको जुम्लाकोटमा क्षयरोग स्क्रिनिङ शिविर पातारासी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर कर्णालीमा ९५ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? ६ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार विराटनगरको संजीवनी हस्पिटलमा सञ्चालकबीच लफडा मोटोपना किन हुन्छ ? कसरी घटाउने ? बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त जुम्लाकोट र पुरुगाउँमा होम डेलिभरी शून्य युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार विराटनगरको संजीवनी हस्पिटलमा सञ्चालकबीच लफडा मोटोपना किन हुन्छ ? कसरी घटाउने ? बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त जुम्लाकोट र पुरुगाउँमा होम डेलिभरी शून्य युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन