२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासीको नीति कार्यक्रममा चिकित्सक पढ्न छात्रवृत्ति

पातारासीको नीति कार्यक्रममा चिकित्सक पढ्न छात्रवृत्ति


जुम्ला—जुम्लाको पातारासी गाउँपालिकाले चिकित्सक पढाउनका लागि छात्रवृत्ति दिने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले एमबीबीएस, बिई, विएसई र एजी पढ्ने इच्छुक विद्यार्थीहरुका लागि छात्रवृत्ति दिने नीति तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्षदेखि उच्च शिक्षा र लोकसेवा तयारी छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यहाँको कुल साक्षरता ४५ प्रतिशत मात्र भएकोले यो अवस्थालाई वृद्धि गर्नका लागि शिक्षामा छात्रवृत्तिका कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष लक्षिमण बोहोराले बताए । उच्च शिक्षा छात्रवृत्तिका लागि पाँच लाख र लोकसेवा तयारी सहयोगका लागि तीन लाख बजेट विनियोजन गरिएको उनको भनाइ छ । यस्ता कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिने उनले बताए ।

सरकार जागिर गर्ने व्यक्ति यहाँ निकै कम भएकाले लोकसेवा आयोग तयारी गर्ने व्यक्तिलाई पनि गाउँपालिकाले सहयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि, जडीबुटी, पर्यटन, महामारी, भोकमरी र बेरोजगार न्यूनीकरण गर्न नीति तथा कार्यक्रम र बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ लागि ३७ करोड ३४ लाख २३ हजार ७७० रुपैयाँ विनियोजन गरेको छ । स्वास्थ्यतर्फ ३५ लाख र कोरोना रोकथाम तथा उपचार कोषतर्फ ३४ लाख २७ हजार ७७० रुपैया बजेट निनियोजन गरेको हो ।

त्यसैगरी तिला गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । यसैगरी रोग, भोग र रोेजगारलाई पहिलोे आवश्यकताका रुपमा हेरेको छ । वर्ष २०७७/७८ को नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपाध्यक्ष बिष्णु बुढाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकतामा परेको बताइन् । स्वास्थ्यतर्फ एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

तातोपानी गाउँपालिकाले आगामी आ.व. २०७७/७८ का लागि ३९ करोड १३ लाख १५ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गरेको छ । स्वास्थ्यतर्फ ५० लाख बजेट बिनियोजन गरेको छ ।

चन्दननाथ नगरपालिकाले भने ४७ करोड ५८ लाख ५८ हजार २ सय ५० को बजेट प्रस्तुत गरेको छ । सिंजा गाउँपालिकाले ३० करोड बढीको बजेट ल्याएको अध्यक्ष देवलसिंह रावलले बताए । उनले भने, ‘रोग र भोकबाट लडन सक्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याइएको छ ।’

गुठिचौर गाउँपालिकाले ३३ करोड बढीको बजेट प्रस्तुत गरेको अध्यक्ष हरिबहादुर भण्डारीले बताए । उनका अनुसार कोरोनाको संकट पूर्ण परिस्थितिलाई मध्यनजर गरी कृषि स्वास्थ्य रोजगारीलाई प्रथामिकता दिएर बजेट र नीति ल्याइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ