२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा कोरोनाको संक्रमणबाट थप एकको मृत्यु

कर्णालीमा कोरोनाको संक्रमणबाट थप एकको मृत्यु


सुर्खेत – कर्णालीमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिकाका ३ का ४५ वर्षीय पुरुषको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।

क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालको आकास्मिक कक्षमा उपचारका लागि भर्ना भएका थिए । कोरोनाको लक्षण देखिएपछि असार ४ गते परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

समुदाय स्थरबाट आएका उनमा कोरोना पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा सिफ्ट गरिएको थियो । अस्पतालमा उपचाररत उनको सोमबार राती साढे ९ बजे मृत्यु भएको डा. पौडेलको भनाइ छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७ पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ