२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशक्वारेन्टाइन सुरक्षामा सामुदायिक प्रहरी खटाउने तयारी

क्वारेन्टाइन सुरक्षामा सामुदायिक प्रहरी खटाउने तयारी


सुर्खेत – क्वारेन्टाइनमा बसेकाहरुकाे सुरक्षाका लागि सुरक्षा समिति गठन गर्ने तयारी गरिएको छ । क्वारेन्टाइनमा सुरक्षा व्यवस्थापनका लागि अहिले भइरहेको जनशक्तिले नभ्याउने भएपछि सुरक्षा समिति गठन गर्न लागिएको हो । क्वारेन्टाइन सुरक्षा समिति गठन गरेर त्यसमार्फत सामुदायिक प्रहरी परिचालन गरिने योजना रहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानाएका छन् । जिल्ला भरका प्रत्येक क्वारेन्टाइनमा सुरक्षा निकाएको एक जना प्रतिनिधि रहने गरि सबै पालिकाका प्रमुखसंग बसेर कार्यबिधि तयार गरिने योजना रहेको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी

रेग्मीले कोरोना रोकथाम र नियन्त्रणका लागि जनसमुदायलाई परिचालन गर्न आवश्यक रहेकाले तत्काल संरचना बनाएर सामुदायिक प्रहरी परिचालन गरिने बताए । उनले अहिले जिल्लामा सात सयको हाराहारीमा मात्रै प्रहरी जनशक्ति हुँदा क्वारेन्टाइनमा सुरक्षा दिन समस्या भएकाले समुदायलाई नै परिचालन गरेर सुरक्षा व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।
रेग्मीले अहिले कोरोना नियन्त्रणनै पहिलो प्राथमिकता रहेकाले क्वारेन्टाइन व्यवस्थापनलाई सुधार गरिने बताए । उनका अनुसार अब प्रशासनले क्वारेन्टाइनको सबै पक्षको अनुगमन गरेर व्यवस्थित गर्ने छ । त्यस्तै आसुलेसनको ब्यब्यबस्थापन गर्नका लागि पनि आबश्यक छलपल गरेर काम गरिने उनको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ