२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडि.एन.ए परीक्षण ल्याबको रुपमा विकास गरिने : उपकुलपति प्रा.डा. सिंह

डि.एन.ए परीक्षण ल्याबको रुपमा विकास गरिने : उपकुलपति प्रा.डा. सिंह


सुर्खेत–मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई जडीबुटी उत्पादन अनुसन्धानको केन्द्रविन्दु बनाउने र डिएनए परीक्षण गरिने ल्याबका रुपमा विकास गरिने भएको छ ।

विश्वविद्यालयको १० औ वार्षिकोत्सवका अवसरमा उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले यस्तो योजना अगाडि सारेका हुन् । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सेमिनारमा बोल्दै उनले सो विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी  बनाउने समेत दावी गरे ।

कर्णाली प्रदेश सरकारले विश्वविद्यालयको गुणस्तर सुधारका लागि यस वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिएका थिए । प्रदेश सरकारसँगको सहकार्यमा अहिले विश्वविद्यालयमा कोरोना नियन्त्रण ल्याब स्थापना गरिएको उल्लेख गर्दै उनले यसैलाई छिटै नैे डि.एन.ए परिक्षण ल्याबको रुपमा समेत लैजाने बताए ।

कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि जुटिरहेका विश्वका २०० विश्विद्यालयहरुमा यो विश्वविद्यालय समेत पर्नु गौरवको विषय भएको उनको भनाइ थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ