कोरोना संक्रमितको अवस्था सामान्य, क्वारेन्टाइनमै आइसोलेट

जुम्ला – भारतबाट आएका १७ जना नागरिक र दुई जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिसिआर परीक्षण गर्दा उनीहरुलाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाकाअनुसार उनीहरुको अवस्था सामान्य रहेको छ । उनले भने, ‘अहिले संक्रमितमा कुनै पनि कोरोना भाइरसको लक्षण नदेखिएकोले क्वारेन्टिनमै छुट्टै आइसोलेट गरी राख्ने व्यवस्था अनुसार राखिएको छ ।’
कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा आइसोलेट गरिएकोले लक्षण देखापरेपछि अस्पतालको आइसोलसनमा ल्याएर उपचार गर्ने तयारी गरिएको उनको भनाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मेडिकल रेकटर मेघराज बुढाका अनुसार कोनोना संक्रमित मध्य एक जनालाई मनोविज्ञान असरले अस्पताल आएपनि चेकजाँच पछि सामान्य देखिएपछि क्वारेन्टिनमै आइसोलेट गरिएको छ ।
फैलिदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला आएका नागरिक क्वारेन्टाइनमा भरीभराउ भएका छन् । अहिले जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार जिल्लाका विभिन्न क्वारेन्टाइनमा पाँच सय ८६ जना बसेका छन् ।
तिला गाउँपालिका दुई सय ६२ जना र तातोपानी गाउँपलिका ९६ जना अहिले क्वारेन्टाइनमा बसेको तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईले बताउनुभयो । त्यसैगरी कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा दुई सय २८ जना बसेका छन् ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीअनुसार भारतको रुपैडियानाकादेखी महेन्दनगरको गड्ढाचौकी नाकामा अलपत्र परेका गाउँवासीलाई उद्धार गर्नेक्रम जारी राखेका छौँ । उन भने तीमध्ये मंगलबार ४५ जना ल्याएर जिल्ला स्तरीय एकिकृत क्वारेन्टिनमा राखिएको छ ।
बाहिरबाट आउने नागरिकको एकिन तथ्यांक नभएकाले सम्पर्कमा आउने नागरिकलाई उद्धार गरेर ल्याउन र क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्ने गरिएको उनले बताए ।
आइतबार राती तातोपानीका २३, चन्दननाथका १३ जना र गुठीचौरका ५ जना जुम्ला आउदा क्वारेन्टाइनमा समयमा नबन्दा गाडीमै बस्नु परेको जिल्ला समन्वय समितिको उपप्रमुख कार्मा बुढाले बताउनुभयो । उनले भने सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउने क्रममा स्थानीयले विरोध गरेपछि गाडीमै अलपत्र पर्नु परेको हो । विपद् व्यवस्थापन समितिको क्वारेन्टिनको स्थापनाको लागि निर्णय भएपनि प्रहरी प्रशासनले कार्यन्वयन गर्न नसक्दा समस्या आउने उनले बताए ।
भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको कुनै आकलन हुदैन । सुर्खेत कालिकोट जिल्ला आएपछि मात्र प्रहरी प्रशासनलाई जानकारी हुने भएकाले समयमा क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।
यहाँका सार्वजनिक भौतिक संरचना विद्यालयमा क्वारेन्टिन बनाउन खोज्दा स्थानीय विरोध गर्ने र अदालतमा रिट दायर गर्ने जस्ता क्रियाकलापले समस्याको समाधान हुन नसकेको उनको भनाई छ ।
जुम्लामा एक हजार ७ सय ९ जनाको पिसिआर परीक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । त्यसैगरी २ सय ७९ जनाको आरडिटी परीक्षण भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया
- ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ?
- ६ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो
- ७ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत
तपाईको प्रतिक्रिया दिनुहोस