कोभिड—१९ विरुद्ध कर्णालीमा ‘मेडिकल मोर्चा’

जुम्ला—विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट संक्रमितको संख्या नेपालमा पनि बढिरहेको छ । नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा भने बैशाख महिनाको अन्तिमसम्म कोरोना भाइरस संक्रमित भेटिएका छैनन् । नेपालका ७ प्रदेशमध्ये कोभिड—१९ नभेटिएको कर्णाली एकमात्र प्रदेश हो ।
कर्णालीमा कोभिड—१९ संक्रमित नदेखिएकोमा प्रदेशका सामाजिक विकासमन्त्री दलल रावलले सन्तोष व्यक्त गरे । ‘कर्णाली प्रदेशको १० वटै जिल्लामा अहिले कोरोना भाइरसको संक्रमण भेटिएको छैन्,’ रावलले भने, ‘अहिले कर्णालीमा कोरोना भाइरस विरुद्ध एक महिने मेडिकल मोर्चा सुरु गरेका छौं । कोरोनामुक्त कर्णालीका लागि मेडिकल मोर्चा सुरु गरिएको हो ।’ यसका लागि सामूहिक संकल्पको खाँचो रहेको बताउँदैं उनले हालसम्मको कोराना रोकथाम, नियन्त्रण र पूर्व तयारीका गतिविधि सन्तोषजनक रहेको बताए ।
कोभिड–१९ नियन्त्रण र रोकथामका बारेमा सोमबार आयोजित अन्तक्रिया कार्यक्रममा सामाजिक विकासमन्त्री रावलले कर्णाली प्रदेश सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्थानीय तह, स्थानीय प्रशासनले खेलेको भूमिका सकारात्मक रहेको बताए । रावलले कर्णाली प्रदेशकै ठूलो गौरव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि यहाँका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोटमा जिम्मेवारी रहेको र कार्यमा प्रगति पनि उत्साहजनक रहेको बताए । ‘कोरोना भाइरस कर्णाली पनि अछुतो हुन सक्दैन् तर पूर्वतयारीका हिसाबले निकै लागि परेका छौं,’ सामाजिक विकासमन्त्री रावलले थपे, ‘५० करोडको कोरोना कोष स्थापना, क्वारेन्टाइन, आइसोलेसन र अस्पताल व्यवस्थापन कार्य गरिएको छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल र सामुदायिक अस्पताल चौरजहारीलाई कोरोना भाइरस नियन्त्रणका लागि हबका रुपमा अघि बढाइएको छ । यी अस्पतालाई आवश्यक बजेटको व्यवस्था पनि गरिएको छ । ‘हालसम्म कर्णाली ‘ग्रीन जोन’का रुपमा छ । स्वास्थ्यकर्मी, स्थानीय सरकार, प्रशासनको ठूलो भूमिका छ,’ उनले भने, ‘कोरोना भाइरसमुक्त कर्णाली भनेर भन्ने दिनको पर्खाइमा छौं ।’ सामाजिक विकास मन्त्री रावलले एक वडाको १० जनाको स्वाब परीक्षण गर्ने र १५ दिनमा १० हजार कर्णालीवासीको परीक्षण गर्ने तयारी रहेको पनि उल्लेख गरे । ‘सबै पिसिआर मेसिनमा परीक्षण हुनेछन् । सबै नेगेटिभ भेटिएको खण्डमा कर्णाली प्रदेशमा लकडाउन खुलाइनेछ,’ उनले भने, ‘बाहिरबाट आउने क्रम पूर्ण रुपमा नाका बन्द गरिनेछ ।
सामाजिक विकासमन्त्री रावलले भने कर्णालीलाई कोरानमुक्त बनाउन कर्णालीवासीको साथ सहयोग रहने अपेक्षा गरेका छौं ।’ मन्त्री रावलले संरचना र उपकरणले मात्र कोरोना नियन्त्रण गर्न सकिने उल्लेख गर्दै संक्रमण फैलन नदिन नागरिकमा अनुशासिन र मर्यादित हुनुपर्नेमा जोड दिए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गर्न र स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ खटिन मन्त्री रावलले आग्रह गरे । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको छ भने अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेशले शनिबार डोल्पा र आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । उनीहरुलाई एक महिनाका लागि पठाइएको हो ।
कर्णालीका पाँच वटा जिल्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेर्ने व्यवस्था गरिएको छ भने तल्लो क्षेत्रका जिल्ला प्रदेश अस्पतालले र बाँकी जिल्ला सामुदायिक अस्पताल चौरजहारीले हेर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोलीलाई हुम्ला पठाइएको छ । मुगुमा सोमबार चिकित्सकको टोली पठाएकोे छ । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पतालका चिकित्सकहरुको टोलीलाई २७ स्थानमा खटाएको हो ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ५ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो
- ६ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता
- ७ योग के हो ? यसका प्रकार र फाइदा
तपाईको प्रतिक्रिया दिनुहोस