२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमा दैनिक योगा

प्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमा दैनिक योगा


जुम्ला – मुलुकभर कोरोना भाइरस फैलिदो अवस्थामा छ । यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि देश डेढ महिना देखि लकडाउनमा छ । लकडाउनका कारण जिल्ला बाहिर अलपत्र परेका नागरिकलाई उद्धार गरी ल्याएर यहाँका स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरेका छन् ।

सिंजा भेगको कनकासुन्दरी गाउपालिका – २ मालिकाबोतास्थित क्वारेन्टाइनमा बसेका १९ जनाले दैनिक योगा गर्ने गरेका छन् । मालिकाबोला स्वास्थ्य चौकीका इन्र्चाज नन्दलाल रोकाया योग गुरु हुन् । क्वारेन्टाइनमा बसेका नागरिकलाई दैनिक योगा गराउने गरेका छन् । उनले हरेक दिन विहान योगा गराउने गरेका छन् ।

प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिले कोरोना भाइरस वा अन्य रोगको संक्रमण सम्भावना बढी हुन्छ भन्ने चिकित्सकिय मान्यता भएकोले प्रतिरोधात्मक शक्ति बढाउनका लागि दैनिक योगा गर्ने गरिएको इन्र्चाज रोकायाले बताए । क्वारेन्टाइनमा बसेका नागरिकलाई कोरोना रोग सम्वन्धी सचेतीकरण, मनोविर्मश पनि गर्ने गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावलले भने प्रतिरोधात्मक क्षमता कमजोर हुनु , जसकारण भाइरसले छिटो संक्रमण गर्छ । वृद्धवृद्धा मात्रै नभएर क्यान्सरपीडित, मिर्गौला रोगी, मधुमेहका बिरामी साथै पहिलेदेखि नै रोगसँग लड्ने क्षमता कमजोर भएका जोकोहीलाई पनि यसको संक्रमण छिटो हुने गर्छ । सीमा जोडिएका छिमेकी मुलुक चीन र भारतमा समेत कोभिड–१९ को संक्रमण फैलिन थालेपछि नेपालमा स्वाभाविक चिन्ता सुरु भएको उनले बताए ।

अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै पनि औषधी, भ्याक्सिन आधिकारिक रुपमा पत्ता लागेको छैन । त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेकै संक्रमणबाट बच्नु हो । त्यसबाहेक आफूलाई संक्रमण नहुने गरी तयार पार्नु अझ महत्वपूर्ण पक्ष हो ।

प्रतिरोधात्मक क्षमता बढाउनका लागि नियमित रुपमा योगा, ध्यान, व्याम गर्न पर्दछ । विभिन्न अध्ययनले पनि देखाएको छ कि नियमित योगाले मासिनमा भएको (इमिनिटि पावर) प्रतिरोधात्मक बढाएको छ ।

त्यसैगरीम, प्रतिरोधात्मक क्षमता बढाउनका लागि कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा फ्लुविरुद्ध लड्नुका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।

एन्टिअक्सिजन बढी भएका खानेकुरा बढी खाने गर्नुपर्छ । जस्तै, फलफूल, भिटामिन ए, सी र ई भएका खानेकुरा । ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन भान्सामा दैनिक पाक्ने खानेकुरा खानु पर्दछ । दाल, चामल, हरिया सागसब्जी, घरायसी मसला, खिचडी, तरुल, क्वाटी, रोटी, ढिंडो, दूध, दही मोही, ताजा अचार, खीर, पुरीजस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यो भाइरस शरीरको तापक्रम कम भएका मानिसलाई छिटो संक्रमण हुन्छ । संक्रमण बढ्दा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरको तापक्रम बढाउन तातोपानी खान सकिन्छ । साथै, बाफ लिएर पनि शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सकिने चिकित्सकको सुझाब रहेको छ ।

गाँजा र रक्सी खाँदा प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने भ्रम मात्रै हो । धुमपान र मद्यपान सेवनले प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने भएकाले यस्ता चिज सेवन गर्नुहुँदैन । मध्यपान र धुर्मपान गर्ने व्यक्तिलाई कोरोनाले संक्रमण गर्ने गरेको विभिन्न अध्ययन र घटनाक्रमले देखिएको अस्पताल निर्देशक डा. रावलले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ