कोभिड – १९ रोकथामका लागि जुम्लाका स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

जुम्ला – कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरिरहेको समयमा अझै प्रभावकारी रोकथामका लागि गैर सरकारी संस्था ‘वोर्ल्ड भिजन नेपाल’, ‘किर्डाक नेपाल जुम्ला’, र ‘कर्णाली दिगो विकास प्रतिष्ठान’ (कास्डा) जुम्लाले अत्यावश्यक सामग्री सहयोग गरेका छन् ।
राज्यका विकास साझेदार संस्था गैर सरकारी संस्थाले जुम्लाका पाँच स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । यहाँको चन्दननाथ नगरपालिका, गुठीचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका र तिला गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको किर्डाक नेपाल जुम्लाका संयोजक रेशम शाहीले बताए ।
अहिले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अग्रपंतीमा स्वास्थ्यकर्मी नै छन् । कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाका संयोजक भेषबहादुर रावलले भने उनीहरुलाई सुरक्षित होस् भनेर जुम्लाका पाँच स्थानीय तहलाई एक-एक थान थर्मल गनसहित ६-६ थान पिपिई सेट सहयोग गरिएको हो ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले अहिले देश संकटमा परेको बेलामा राज्यका विकास साझेदार संस्थाले सुरक्षित स्वास्थ्य सामग्री सहयोग गरी हातेमालो गर्दा धन्यवाद व्यक्ति गरे । उनले भने अहिले सवै एक जुट भएर कोरोना भाइरस निरन्त्रण तथा रोकथाम गर्नु पर्दछ र यसको पहिलो उपाया भनेको लकडाउन हो ।
‘राज्यले देश लकडाउन गरेको छ । सवै नागरिकले पालना गरौँ । सामाजिक व्यक्तिगत दुरी कायम गरौँ । एक आपसमा समन्वय र सहकार्य गरौँ सवै नागरिक होम क्वारेन्टाइनमा बसौँ, ‘उनले भने ।
त्यसैगरी, विकास साझेदार संस्थाले राहतका लागि स्थानीय तहलाई खाद्यन्न(चामल) सहयोग गरिएको जनाएको छ । तिला गाउँपलिका ५० प्याक, गुठीचौर गाउँपालिका ३० प्याक र पातारासी गाउँपालिका ३० प्याक सहयोग गरिएको हो ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ३ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ५ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ६ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ७ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग
तपाईको प्रतिक्रिया दिनुहोस