२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशआवश्यक व्यवस्थापनसहित् उद्धार गरिएका नागरिक क्वारेन्टाइनमा राख्न माग

आवश्यक व्यवस्थापनसहित् उद्धार गरिएका नागरिक क्वारेन्टाइनमा राख्न माग


जुम्ला – पछिल्लो समयमा कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले उद्धारका नाममा जथाभावी मान्छे भित्र्याउन थालेपछि जुम्लामा जोखिम बढेको छ । अहिले दैनिक पाँच सय भन्दा बढिको आवतजावत भइरहेको हो । जुम्ला अहिले निकै असुरक्षित बन्दै गएपछि स्थानीय सरकार र प्रशासनलाई बाहिर जिल्लाबाट आएका उद्धार गरिएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न माग गरेका छन् ।

बाहिर जिल्लाबाट आएका नागरिक सिधै आफ्नो घरमा जाने र निर्वाद रुपमा हिडडुल गर्न थालेपछि उनीहरुलाई अनिवार्य राखी निगरानी गर्न माग गरेका हुन् । बाहिर जिल्लाबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राख्न माग गर्दै यहाँका नागरिकले गुठीचौर गाउँपालिका, चन्दननाथ नगरपालिका र स्थानीय प्रशासन विरुद्ध विरोध पनि गरेका छन् ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार यस अघि जुम्ला सुक्षित नै थियो तर जब बाहिर जिल्लाबाट उद्धारका नामा नागरिक आउन थालेपछि यहाँका सर्वसाधारण कोरोना भाइरसबाट असुरक्षित भएको महशुस गरेका छन् । स्थानीय सरकार र प्रहरी प्रशासनको समन्वय विना निर्णय गर्ने गरेकाले पनि यस्तो समस्या आउन थालेको उनले बताए । कोरोना भाइरस रोकथाम नियन्त्रण गर्नका लागि एक अर्काप्रति दोषारोपण गर्ने बेला होइन उनले भने यतिबेला समन्वय र सहकार्य गरी प्रभाबकारी काम गर्ने समय हो ।

उद्योग बाणिज्य संघ जुम्लाका सचिव मेगराज गिरीले जिल्ला बाहिरबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न पर्ने हो यतिबेला नगरपालिका निकै चुकेको टिप्पणी गरे । उनले भने घरपरिवार र समाज जोगाउनका लागि बाहिरबाट आएका नागरिकले पनि अनुशासन पूर्वक क्वारेन्टाइनमा बसी दिनपर्छ । क्वारेन्टाइनमा बस्ने नागरिकलाई आवश्यक आधारभुत व्यवस्थापन स्थानीय तहले गर्नुपर्नेमा उनले जोड दिए । बाहिरबाट आएका जो सुकैलाई क्वारेन्टाइनमा राख्ने पर्ने तर यहाँका केही जानकार व्यक्तिहरुले आफ्नो मान्छे होम क्वारेन्टाइनका नाममा घर लिएपछि अन्य व्यक्तिहरुले क्वारेन्टाइनमा बस्न नमानेको बुझिन आएको हो ।

संघीय सरकारको निर्णय अनुसार स्थानीय प्रशासनले विहान दुई घण्टा र बेलुका दुई घण्टा दैनिक उपभोग्य बस्तु किनमेला गर्न खाद्य पसल, तरकारी खुला गर्ने व्यवस्था गरेको थियो । तर चन्दननाथ नगरपालिकाले शुक्तबार विहान ६ बजे देखि ११ बजेसम्म पसल खोल्ने निर्णय गरेपछि निर्णय बाजिएको छ । दोहोरो निर्णय भएपछि यहाँका नागरिक अन्यौलमा परेका छन् । नगरपालिकाको निर्णय अनुसार व्यापारी पसल खोल्छन् प्रहरी आएर पसल बन्द गर्न लगाउन्छ यसले सर्वसाधारण दोहोरो मर्कामा पर्ने गरेका छन् ।

गुठीचौर गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत अमरराज गिरीले बाहिरबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न माग गरेअनुसार होम क्वारेन्टाइनमा बस्ने सहमति भएको छ । उनले होम क्वारेन्टाइनमा बसेका व्यक्ति बाहिर नआउने भनेर लिखित कागज नै गरेपछि यहाँका स्थानीय होम क्वारेन्टाइनमा बस्न दिन कुरामा सहमति भएका हुन् ।  चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालका अनुसार उद्धार गरेका नागरिकले क्वारेन्टाइनमा बस्न मानेका छैनन् । स्वास्थ्यकर्मीको चेकजाँच अनुसार घर पठाए पनि समस्या नहुने भनेपछि होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरु गएका हुन् ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार प्रभाबकारी समन्वय सहकार्यको अभाबले यस्तो समस्या भएको हो । पहिला जिल्ला सुरक्षित नै थियो । जब जुम्लामा जथाभावी आवतजावत भएपछि यस्तो समस्या बल्जिएको हो । नागरिकलाई क्वारेन्टानमा राख्ने स्थानीय सरकारकै जिम्मेवारी हो । हाम्रो शान्ति सुरक्षा हो यसमा हामी चुकेका छैनौँ उनले भनिन् । उद्धार गर्नुपर्ने नै हो भने संघीय सरकार, गृह, प्रदेश, स्थानीय तह, प्रशासनसँग प्रभाबकारी समन्वय हुन आवश्यक छ ।

शुक्रबारसम्म जुम्लामा भित्रिएका ७ हजार चार सय ५० जना मध्ये चार सय १७ जना क्वारेन्टाइनमा बसेका छन् भने तीन सय ९० जना १४ दिनपछि घर फिर्ता भएका छन् । एक सय ९२ जना होम क्वारेन्टाइनमा बसेका छन् । पाँच सय एक जनाको कोरोना परीक्षण गरिएको सवै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ