अलपत्र परेका २ सय ७० जना नागरिकको उद्धार

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाले बाहिर जिल्ला अलपत्र परेका २ सय ७० जनाको उद्धार गरेको छ । कोरोना भाइरसको त्रासले अलपत्र परेका सुर्खेतबाट ८० जना, नेपालगज्जबाट १ सय ४३ जना र काठमाडौँबाट ४७ जना गाउँपालिकाले उद्धार गरेको हो ।
काठमाडौँ, बुटवल, भैरवा बाँके, बर्दिया र सुर्खेतमा अलपत्र परेका तीन सय जना श्रमिक मजदुर बिधार्थीलाई उद्धार गर्न थालेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने हिमा गाउँपालिकाले ६ वटा सवारी साधन भाडामा लिएर उद्धार गर्न थालिएको हो ।
काठमाडौँमा मनोज शाही, नेपालगज्जमा जगत शाही, सुर्खेतमा मनराज शाही र प्रबिन शाहीलाई अलपत्र परेका नागरिकलाई सम्र्पकमा ल्याउन जिम्मेवारी दिएको नेकपा युवा नेता अम्मरजंग शाहीले बताए । बाहिर जिल्लाबाट आएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । साथै उनीहरुको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण पनि गर्ने गरिएको जनाएको छ ।
१० चैत देखि हालसम्म जुम्लामा ६ हजार एक सय ७३ जना भित्रीएका छन् भने १ सय ९५ जना क्वारेन्टाइनमा बसेका छन् र ३ सय ३६ जना घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । ३ सय ३९ जनाको स्वाब परीक्षण गरिएको छ भने १ सय ५० जनाको ¥यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए ।
यस्तै देशका विभिन्न जिल्लाबाट आफ्नो गृह जिल्ला मुगु जादै गरेका नागरिकलाई कनकासुन्दरी गाउँपालिकाका युवाले खाना खुवाएर सहयोग गरिएको दिपेन्द्र हमालले बताए । उनले भने कोरोना भाइरसको त्रासले आफ्नो जिल्लामा जान थालेका करिव तीन सय नागरिकलाई खाना खुवाएर सहयोग गरिएको हो ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं
- ६ योग के हो ? यसका प्रकार र फाइदा
- ७ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित)
तपाईको प्रतिक्रिया दिनुहोस