२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउद्धार गरिएका नागरिक क्वारेन्टाइनमा बस्न मान्दैनन्

उद्धार गरिएका नागरिक क्वारेन्टाइनमा बस्न मान्दैनन्


जुम्ला – पछिल्लो समयमा कर्णाली प्रदेश सरकार तथा स्थानीय सरकारले उद्धारका नाममा जथाभावी मान्छे भित्र्याउन थालेपछि जुम्लामा जोखिम बढेको छ । अहिले दैनिक पाँच सय भन्दा बढिको आवतजावत भइरहेको हो । पहिले जुम्ला निकै सुरक्षित थियो ।

भित्रिएका सबको क्वारेन्टाइनमा बसेर नियमित चेकजाँच गरीएको थियो । तर पछिल्लो समयमा भित्रिएका अलपत्र भनिएका नागरिकहरु नै क्वारेन्टाइनमा बस्न मान्दैनन् । उनीहरु घरमै होम क्वारेन्टाइनमा बस्ने भन्दै क्वारेन्टाइनमा बस्न मान्दैनन् । जसल गर्दा जोखिम बढ्ने उच्च संभावना रहेको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे तीन दिन देखि जुम्ला भित्रिनेको संख्यामा अत्यधिक बृद्धि भएको बताइन् । उनले भनिन्, ‘म उद्धार गर्ने नाममा नागरिकलाई धमाधम भित्र्याउने कार्यको विरोधी हो । जो जहाँ अलपत्र छन् । त्यही व्यवस्थापन गर्न पहल गर्ने भनेर सरकारले स्पष्ट निर्देशन गरेको छ । तर यहाँ अलपत्र नागरिक भित्र्याउने नाममा उच्च प्रतिश्पर्धा भइराखेको छ ।’

जुम्ला सुरक्षित गर्न हदैसम्मको पहल थालिएको थियो । नेपालमा १० चैतमा नै जुम्लाले लकडाउन ग¥यो । भारत तथा खाडीमुलकुबाट आएका २ सय ५३ जनाको सब संकलन गरियो । नाका नाकामा स्वास्थ्य सहायता केन्द्र राखियो । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन‘ तर महिनौको त्यो उपलब्धी दुइ दिन पनि टिकेन् । अहिले कुन आधारमा मान्छे आइरहेका छन् । यो चुनाव होइन । सरकार जो जहाँ छन् त्यहि हेर्नु भन्छ । । यतिधैरै लकडाउनको उलङंघन भइरहेको छ, त्यो भनि साध्य छैन । बाटो बिग्रन्छ । मतलबै छैन । क्वारेन्टाइनको बेड खंख्या अवस्था निकै कम छ । व्यवस्थापनमा चुनौति छ । तर धमाधम मान्छे ल्याउने काम भइरहेको छ । यसले जोखिम निम्त्याउने संभावना बढेका छ ।’

जुम्ला जोगाउन धेरै विकल्प रोज्यौँ । ¥यापिड टेस्ट ग¥यौँ । जुम्लाबासी सुकुमबासी पनि छैनौ । अहिले संक्रमणबाट मात्र जोगिने हो । प्रमुख जिल्ला अधिकारी बञ्जाडे भनिन्, ‘सवारी स्रोत साधन पनि छैन । पहिले जुम्लाको राम्रो सन्देश थियो । पछिल्लो समयमा उच्च जोखिम बढ्ेको छ । क्वारेन्टाइन भरीभराउ छन् । स्थानीय तहले दोहोरो चरित्र प्रदर्शन गरिरहेका छन् । जसले गर्दा शान्ति सुरक्षामा समेत नकरात्मक प्रभाव परेकोे छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले एक जनालाई पनि सवारी अनुमति पत्र (पास) दिइएको छैन् । यहाँका स्थानीय सरकार गम्भीर देखिएनन् । बैठक बसालेर एक अर्काको सुझाव आदान प्रदान गर्नुको कुनै तुक पनि छैन् । प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भनिन्,‘ भागेर आउनेलाई पनि कार्वाही गर्नु प¥यो । नागरिक अनुशासनमा बस्नु प¥यो । स्थानीय सरकार संवेदशिल हुनु प¥यो । धमाधम मान्छे आइरहेका छन् । मुगु, जुम्ला, कालिकोट प्रजिअसँग कुुनै समन्वय पनि छैन् ।

जुम्लाका स्थानीय तहमा अहिले २ सय ९१ बेडको क्वारेन्टाइन छ । तर दैनिक धेरै मानिसहरु आवतजावत गर्न थाले । क्वारेन्टाइनको अभाव देखिदैछ । त्यो भन्दा बढि समस्या क्वारेन्टाइनमा यहाँ उद्धार गरेर पुगेका मानिस क्वारेन्टाइनमा बस्न मान्दैनन् । चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल ६१ जनालाई होम क्वारेन्टाइनमा बस्ने भनेर गइसकेको बताइन् ।

स्वास्थ्य चेक गराउदा अवस्था सामान्य देखिएपछि होम क्वारेन्टाइनमा बसेको उनले बताइन् । ३० बेडको क्वारेन्टाइनमा कोही पनि छैनन् । स्वास्थ्य चेक गराउदा समान्य देखिएकोले वडाध्यक्ष, स्वयमसेविका, स्वास्थ्यकर्मी सबैलाई फलोअप नगरपालिकाले खटाएको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार पछिल्लो दुई दिनमा ७८ जना क्वारेन्टाइनमा बसेका छन् । मान्छेहरुको आउने क्रम बढ्न थाल्यो, अध्यक्ष न्यौपानेले भने,‘क्वारेन्टाइन व्यवस्थापनमा निकै सकस देखि थाल्यो ।  सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार गाडीका गाडी मानिसहरु आउन थालेपछि गाउँमा त्रास बढेको छ । उनका अनुसार ५५ बेडको क्वारेन्टाइनमा ४ जना मात्र छन् । क्वारेन्टाइनमा बस्न मान्दैनन् । घर परिवार पनि आएकालाई क्वारेन्टाइनमा बसाल्न दिदैनन् । उनले भने, ‘बाहिरबाट आउने नागरिकको व्यवस्थापनमा निकै ठुलो चुनौती छ ।’

मानिसहरु धमाधम भित्रिन थालेपछि कर्णालीमा उच्च जोेखिम बढेको स्थानीय बताउँछन् । क्वारेन्टाइनमा बसेका नागरिकले भने व्यवस्थापनमा कमजोरी भएका बताउन्छन् । सुरक्षित स्वास्थ्य सामग्री देखि पानी शौचालयको मजबुद व्यवस्थापन नभएको गुनासो गरेका छन् । स्थानीयले भित्रिने मानिसहरुको उच्च निगरानी राख्नको लागि आग्रह गरेका छन् । स्थानीय सरकार अलपत्र नागरिकको उद्धार गर्दैछनन्, स्थानीय सरकार लकडाउनको पुर्ण पालना गराउन चाहन्छ ।

शुक्रबारसम्म जुम्लामा भित्रिएका ६ हजार ९० जना मध्ये एक सय ८० जना क्वारेन्टाइनमा बसेका छन् भने दुई सय ७६ जना १४ दिनपछि घर फिर्ता भएका छन् । चार सय ८९ जनाको कोरोना परीक्षण गरिएको सवै जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ