भिडियो कन्फ्रेन्समा कर्णालीका सिडिओलाई सावधानीपुर्वक खटिन निर्देशन

जुम्ला – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग भिडियो कन्फ्रेन्स गरेका छन् । भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्री शाहीले जिल्लाको समस्यामा प्रभावकारी समन्वय गर्न निर्देशन दिएका हुन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न सावधानीपूर्वक काममा खटिन सुझाव दिदै मुख्यमन्त्री शाहीले कर्णालीमा कोरानाको संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता अपनाउन आग्रह गरे ।
मुख्यमन्त्री शाहीले भने, ‘घर परिवार भित्रकै जनशक्तिको प्रयोगबाट मौसमी कृषि कार्य गर्न स्थानीयसँग सहजीकरण र कम जनशक्ति एवं मेसिनको प्रयोगबाट हुने विकास निर्माणका कार्यको व्यवस्था मिलाउनोस् ।’ अति समस्यामा रहेका कारण स्थानीय तहको समन्वयमा जिल्ला भित्रिएका मजदुर विद्यार्थी लगायत सबै नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र लकडाउन लम्बिँदा हुन सक्ने खाद्य सङ्कटको समाधानमा आवश्यक समन्वय गर्न कर्णालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।
भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्री शाहीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार कार्यका सम्बन्धमा जिल्लामा भइरहेका काम कारबाहीको बारेमासमेत जानकारी लिएका थिए । कोरोना महामारीको विषम परिस्थितिसँग जुध्न र शान्ति सुरक्षा कायम राख्न प्रजिअलाई अहोरात्र खटिन भन्दैे जिल्लाको समस्या समाधानमा कर्णाली सरकार सहयोग गर्न तत्पर रहेको विश्वास दिलाएका थिए ।
कन्फ्रेन्समा हाल सम्पादित कार्य र आगामी रणनितिका बिषयमा छलफल भएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं
- ६ योग के हो ? यसका प्रकार र फाइदा
- ७ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित)
तपाईको प्रतिक्रिया दिनुहोस