२०८१ पुस ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहेल्थ डेस्कमा खटिएका चार स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

हेल्थ डेस्कमा खटिएका चार स्वास्थ्यकर्मी क्वारेन्टाइनमा


जुम्ला – जुम्लाका प्रवेशद्वार नाग्म हेल्थ डेस्कमा परिचालन गरेका हिमा गाउँपालिकाका दुई जना र तिला गाउँपालिकाका दुई जना शुक्रबार देखि क्वारेन्टाइनमा बसेका छन् । हेल्थ डेस्कमा एक सातासम्म बसेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो ।

हिमा गाउँपालिका स्थित पाथरखोला स्वास्थ्य चौकीका हेल्थअसिस्टेन केशव शाही र अहेब तेजेन्द्र रावल क्वारेन्टाइनमा राखिएको हो । त्यसैगरी तिला गाउँपालिका स्थित कुडारी स्वास्थ्य चौकी इन्र्चाज हेल्थअसिस्टेन विजय रावल र जुम्लाकोट स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन विराजु जिसीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताए । उनले भने नाग्म हेल्थ डेस्कमा परिचालन गरिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हेल्थ डेस्कमा परिचालन गरिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ