२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजनप्रतिनिधि भत्ताबाट कोरोनाविरुद्ध विपद कोष

जनप्रतिनिधि भत्ताबाट कोरोनाविरुद्ध विपद कोष


जुम्लाको तिला गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबभत्ताबाट १० लाख रुपैयाँको विपत् कोष स्थापना गर्ने निर्णय गरिएको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसबाट जोगिन सबै जनप्रतिनिधि र कर्मचारीको श्रेणीअनुसारको पाउने तलब, भत्ताबाट विपत् कोषमा रकम जम्मा गरिने गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने देश संकटमा गुज्रीरहेको अवस्थामा सवैले आफ्नो तहबाट व्यक्तिगत रुपमा भएपनि सहयोग गर्नुपर्ने अवस्थाले आएकोले गाउँपालिकाले यस्तो निर्णय गरेका हो ।

गाउँ कार्यपालिका सदस्य ४७ जना, शिक्षक एक सय २० जना र स्वास्थ्यकर्मी र अरु कर्मचारी गरी ७२ जनाको एक-एक दिनको तलबभत्ता विपद् कोष स्थापना कोषमा जम्मा गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताइन् । उनले भनिन् पालिकाको विपद् कोषका लागि पाँच लाख रकम रहेको र बाँकी पाँच लाख रकम जनप्रतिनिधि र कर्मचारीको तलबभत्ताबाट जम्मा गरी १० लाख रकमको विपद् कोष बनाएको हो ।

त्यसैगरी गाउँपालिकाले मास्क, सेनिटाइजर लगायतको औषधि खरिद गरेर वडाध्यक्ष मार्फत हरेक नागरिकको घरदैलोमा पु¥याउन थालिएको प्रवत्ता सन्तविर रावतले बताए । उनले भने ९ वडाका वडाध्यक्षलाई सामग्री हस्तान्तर गरिएको छ । गाउँपालिका भित्र रहेका २ हजार ७ सय ७१ घर धुरीमा सावुन माक्स स्यानिटाइजर वितरण कार्य थालिएको छ ।

भारत तथा खाडीमुलुकबाट आउनेहरुका लागि अनिवार्य निगरानी केन्द्रमा राख्ने गरि विभिन्न ४ स्थानमा गरेर ५३ वटा निगरानी केन्द्र स्थापना गरेको छ । अहिले गाउँगाउँमा मास्क र साबुन पु¥याइसकेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ