२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशकै सबैभन्दा ठुलो अस्पतालमा भेण्टिलेटरको अभाव

कर्णाली प्रदेशकै सबैभन्दा ठुलो अस्पतालमा भेण्टिलेटरको अभाव


जुम्ला – कर्णाली प्रदेशकै सबैभन्दा ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भेण्टिलेटरको अभाव भएको छ । प्रतिष्ठानमा पाँचवटा भेण्टिलेटर रहेको थियो । तिनै भेण्टिलेटरमा न्यूरो, अर्थाे र मेडिसिनका विरामीले अहिले अस्पतालमा भरिएपछि भेण्टिलेटरको अभाव भएको हो ।

विश्वभर अहिले कोरोना भाइरसको संक्रमण फैलिएको अस्वथा छ ।  ‘जुम्लामा पनि दुई जना व्यक्तिलाई आइसोलेसनमा राखेका छौँ ।, प्रतिष्ठानका अस्पताल निर्देशक मंगल रावलले भने, ‘ कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा छ, कोरोना भाइरस वा अरु कुनै व्यक्तिलाई भेण्टिलेटरमा राख्नु पर्ने अवस्थामा आए निकै समस्या हुने स्थिति रहेको छ ।’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादु सार्कीका अनुसार विश्वमा फैलिदो कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै जुम्ला अस्पतालका लागि संघ र प्रदेश सरकारसँग भेण्टिलेटर माग गरेका गरिएको छ।  उनले भने, ‘संघीय सरकारसँग ७० थान र प्रदेश सरकारसँग ५० थान भेण्टिलेटर उपलव्ध गराई दिन निर्णय गरी पठाएको हो तर त्यसको प्रतिक्रिया संघ र प्रदेश सरकारबाट आएको छैन । प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा आवश्यक खर्चका लागि एक करोड बजेट विनियोजन गरेको भन्ने जानकारी भने भएको उनको भनाई छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेलेका अनुसार कोरोना भाइरसको स्वाब परीक्षणको ल्याव स्थापना गर्नका लागि पहल भईरहेको छ । उनले भने, ‘स्वास्थ्य मन्त्रालयसँग उपकरण र किट उपलव्ध गराउनका लागि समन्वय भईरहेकोले स्वाब परीक्षण जुम्लामै गर्ने व्यवस्था गर्दैछौँ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ