२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला अस्पतालमा सेनिटाइजर उत्पादन

जुम्ला अस्पतालमा सेनिटाइजर उत्पादन


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सेनिटाइजर उत्पादन गर्ने गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलका अनुसार नसिङ र फार्मेसीको टिमले प्रतिष्ठान भित्र १२ लिटर जति सेनिटाइजर उत्पादन गर्ने गरेको हो । सेनिटाइजर उत्पादन गर्ने काम पनि जारी रहेको जनाएको छ ।

कोरोना भाइरसबाट सुरक्षित हुन सेनिटाइजर, सावन पानी हात धुनु पर्ने हुन्छ निर्देशक डाक्टर रावलले भन्नुभयो भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, खोक्दा टिसियू र कुहिनाले छोप्ने गर्नु पर्दछ ।

त्यसैगरी उपचारका लागि स्वास्थ्यकर्मीलाई सुरक्षित गर्ने स्थानीय स्तरमा प्लाष्टिकको पीपीई पनि बनाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । अमेरिकन नेपाल मेडिकल फाउन्डेसनले केही पीपीई सामाग्री उपलव्ध गराएको प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले बताए ।

प्रतिष्ठानले सरोकारवाला निकायको समन्व्यमा जुम्ला विमानस्थल र जुम्लाको प्रवेशद्धार नाग्ममा हेल्थ डेस्क स्थापना गरिएको छ भने कर्णाली प्राविधिक शिक्षालय जुम्ला सय वेडको क्वारेनटाइन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै १ सय २० वेडको आइसोलेन को व्यवस्थापन गरिएको छ ।

गुठीचौर गाउँपालिकाले मणिसाँघुमा हेल्थ डेस्क स्थापना गरेको छ । खासगरी आम नागरिकलाई सुरक्षित रहन होम क्वारेन्टाइनमा बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । प्रशासनले बुधबार देखि निषेधाज्ञा जारी गरेकोले निषेधाज्ञाको अबज्ञा गर्नेलाई कानुनी कावार्हि गर्ने समेत चेतवानी दिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ