२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना प्रभाव : ‘लकडाउन’ पछि जुम्ला पूर्ण रुपमा ठप्प

कोरोना प्रभाव : ‘लकडाउन’ पछि जुम्ला पूर्ण रुपमा ठप्प


-मानदत्त रावल

जुम्ला – जुम्लामा कोरोना अर्थात ‘कोभिड–१९’ भाइरस संक्रमणबाट बच्न लकडाउन गरेपछि जुुम्ला पुर्ण रुपमा ठप्प भएको छ ।  विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना संक्रमण भित्रिन नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायत कार्यालय बन्द गरेपछि जुम्लाबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको हो ।

सोमबार देखि जिल्ला प्रशासन र मंगलबार देखि सरकारलेनै देशभरी लकडाउन गरेपछि जुम्ला पुरुमा ठप्प पारिएको हो । लामो तथा छोटो दुरीका सबै सवारी समेत ठप्प भएका छन् । विहान ६ देखि ९ बजे र साँझ ४ देखि ६ बजे सम्म मात्रै अत्याआबश्यक कामका लागि आवतजावत गर्न भनिएको छ । आगामी चैत १६ गते सम्पुर्णरुपमा घर बाहिर नआउन समेत आग्रह गरिएको छ ।

सोमबारसम्म संचालनमा रहेका सम्पुर्ण होटल व्यवसाय, खुद्रा तथा डिलर सबै बन्द भएका छन् । विश्व व्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईस संक्रमणाको उच्च जोखिम नेपालमा भएकाले सरकारले उच्च सतर्कता अपनाउदै घरबाहिर नआउन निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताईन् । उनका अनुसार बाहिर देशबाट आउने कोहि नागरिकले स्वास्थ्य चेकजाँच नगरेको भए नजिकको हैल्थ डेस्क तथा स्वास्थ्य चौकीमा गएर अनिवार्य स्वास्थ्य चेकजाँच गर्न आग्रह गरिन् ।

करिब हप्तासम्म लकडाउनमा कसैले निर्देशन अटेर गरेको खण्डमा नियम अनुसार कारबाहि गरिने प्रशासनले सबैका जानकारी समेत दिएको छ । लकडाउन भन्नाले जो जहा जस्तो अबस्थामा हुनुहुन्छ त्यहि आफ्नो ख्याल गरेर बस्नुहोस भनेको हो प्रहरी नायव उपरीक्षक लाल बहादुर धामीले भने, कोरोनाबाट त्रसित भन्दा पनि सजक भएर बसेमा सुरक्षित हुन सकिन्छ।

लकडाउनसंगै जुम्लाका होटल रेष्टुरेष्ट, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, हवाई सेवा लगायत सबै ठप्प भएका छन् ।
कर्णाली राजमार्ग अन्र्तगत जुम्ला सडक खण्डमा चलाएका २५ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका हवलदार कुशराज शाहीले बताए । उनले भने सवारी साधन सवै ठप्प पारिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १५ बेडको आइसोलेसन, कर्णाली प्राविधिक शिक्षालयमा सय बेडको क्वारेनटान, जुम्ला विमान स्थल र जुम्लाको प्रवेश दवार नाग्ममा हेल्थ डेक्स स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ