२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँ-गाउँमा कोरोनाविरुद्ध सचेतना

गाउँ-गाउँमा कोरोनाविरुद्ध सचेतना


जुम्ला  – कर्णाली प्रदेश अन्तर्गतका स्थानीय तहहरु मध्ये पातारासी गाउँपालिकाले कोरोना भाईरसबाट त्रसित नहुन र यसबाट बच्न गाउँ-गाउँमा सचेतना अभियान सञ्चालन गरेको छ । विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोनाबारे नागरिकलाई सचेत गराउन गाउँगाउँमा अभियान सञ्चालन गरिएको पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

उनका अनुसार पहिलो दिन बिहिवार गाउँपालिकाको पूर्वमा पर्ने १,२, र ३ वडाका तल्फी, परे, छुमचौर लगायतका गाउँमा कोरोना भाईरसबाट बच्ने उपायका बारेमा सिकाईएको छ । कोरोनाबाट बच्न र बचाउन सम्पूर्ण तयारी तिब्र भैईरहेको अध्यक्ष बोहोराको बताए ।

पालिकाभरीका ७ वटै वडाका करिब २७ वटा गाउँ बस्तीमा पुग्ने गरी अभियानै सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर बुढा थापाले बताए । स्वास्थ्यकर्मीसहितको टोली लिएर गाउँगाउँ सर्वसाधारणहरु कोरोनाबाट बच्ने उपाय तथा यसको मनोबैज्ञानिक त्रासलाई कम गर्न परामर्श समेत गरिएको अधिकृत बुढ्थापाको भनाई छ । गाउँमा पर्चा पम्पलेट समेत वितरण गरिएको छ भने पाएक पर्ने वडाका आधारमा पातारासीमा रहेका चार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ ।

स्वास्थ्यकर्मी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडासदस्य लगायत सम्पूर्ण टोलीनै गाउँगाउँमा पुगेर स्थानीयसँग कोरोना विरुद्घको छलफल तथा परामर्श गर्दै आएका छन् ।शौचालय गईसकेपछि, फोहोर छोएपछि, साबुनपानीले अनिवार्य हात धुन, गाईबस्तुसँग टाढा रहन, माछा मासु राम्ररी मात्र पकाएर खान समेत सिकाईएको छ । गाउँघरमा स्वास्थ्य भन्दा बढी काममा ध्यान दिने, पशुचौपायकै रेखदेख अधिकांश समय बिताउने भएकाले पनि गाउँगाउँमा सचेतना अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाले हेल्थ डेक्स राख्नेदेखि गाउँगाउँमा चेतना फैलाउने अभियान थालेकोले कोरोनाको त्रासबाट बिचलित नहुन समेत आग्रह गरेका छन् ।

२५ जना भन्दा बढी भेला नहुन सरकारले निर्देशन गरिसकेकाले गाउँघरमा हुने कुनै मेला पर्व, उत्सव समेत नगर्न सुझाब दिएका छन् । पातारासीमा रहेको कर्णाली ईन्ष्यिुट भवनलाई आईसोलेसन बनाउने समेत तयारी भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ