एपेन्डिक्स एक आम समस्या हो। तर यसलाई लिएर थोरै लापर्वाही गर्नाले कहिले काही गम्भीररुप लिने गर्छ। यसकारण एपेन्डिक्स भएको शंका लागेमा तुरुन्त जाँच गराउनु पर्छ।
सामान्यतया यो एक यह एक ‘वेस्टिजियल’ अङ्ग हो जुन छोटो र ठुलो आंतको जरामा पाइन्छ। ‘वेस्टिजियल’ अंग अर्थात जसकोशरीरलाई कुनै काम लाग्दैन। एपेंदिक्ट्सविना पनि हामी सामान्य जीवन बिताउन सक्छौ। यसको लम्बाई ७ देखि १० सेन्टिमिटरको हुन्छ।
एपेन्डिक्स सुनिनुलाई एपेंडिसाइटिस भन्ने गरिन्छ। इन्फेक्सन र अपेन्डिक्सकना केहि अडकिनाले एपेन्डिक्स सुन्निने गर्छ। डाइटमा फाइबरयुक्त पदार्थको कमीले पनि सुन्निने हुन्छ। आंतको क्यान्सरको कारणले पनि एपेन्डिसाइटिस हुनसक्छ। यो समस्या कुनै पनि उमेरमा हुनसक्छ तर १० देखि ३० वर्षको उमेरमा यसको आशंका ज्यादा हुन्छ।
एपेन्डिसाइटिसको लक्षण
- यसको सबैभन्दा ठुलो संकेत पेटको दाहिने भागको मुनिपट्टि दुख्ने गर्छ।
- सामान्यतया यो दुखाई नाइटोको वरपर शुरु हुने गर्छ र पछि दाइनेभागसम्म पुग्छ।
- यो दुखाई सामान्य देखि अत्यन्त असहनीय र पीड़ादायिक हुनसक्छ। दुखाई खोक्दा र हास्दा बढ्ने गर्छ।
- गर्भवती हुँदा माथिल्लो पेटमा बढी हुने गर्छ।
- पेट दुख्ने बाहेक पेट फुल्ने, वान्ता हुने, अपच, छट्पट हुने, भोक नलाग्ने, कब्जियत, पिसाब पोल्ने र कहिले काहीं रगत आउने र हिड्नलाई समस्या हुनु पनि यसको लक्षण मानिन्छ।
माथि उल्लेखित लक्षण देखिएमा के गर्ने ?
यी लक्षण देखिएमा तुरुन्त डाक्टरलाई देखाउनु होस्। अपेन्डीसाइटिसक पुष्टिको लागि रगत जाँच, यूरिन टेस्ट र सोनोग्राफी गराउन सकिन्छ। जरूरी परे सीटी स्क्यान र एमआरआई पनि गर्न पर्ने हुनसक्छ।
एपेन्डिक्स स्थाई उपचार भनेको अप्रेशन नै हो। अप्रेशन गरेर एपेन्डिक्स निकाल्न सकिन्छ। अप्रेशन नगरेमा एपेन्डिक्स पटक-पटक सुन्निने खतरा र फुट्ने शंका अत्याधिक हुनसक्छ। एपेन्डिक्स फुट्दा इन्फेक्सन पुरा पेटमा फैलिन्छ जसले ज्यान पनि लिनसक्छ।
अप्रेशन विधि
एपेन्डिसाइटिसको अप्रेसनको दुई तरिका हुन्छ एउटा ओपन सर्जरी र दोस्रो लेप्रोस्कोपिक दूरबीन पद्धति। यी दुई पद्दतिमा जुनसुकै तरिका पनि अपनाउन सकिन्छ। आजभोलि लेप्रोस्कोपिक विधि सर्वाधिक चलनमा छ जसले सानो-सानो चिराद्वारा अप्रेसन गरिन्छ।
लेप्रोस्कोपिक पद्धतिबाट अप्रेशन गर्दा दुखाई कम हुन्छ। औषधिको उपयोग कम लाग्नुको साथै चाँडो ठिक भएर अस्पतालबाट डिस्चार्ज मिल्छ। तर कुन पद्दतिबाट अप्रेशन गर्ने भन्ने कुरा सर्जनले तय गर्ने गर्छन। विरामीको स्वास्थ्य अवस्था र उमेरलाई मध्यनजरलाई हेरेर चिकित्सकले सल्लाह दिने गर्छन।
-एजेन्सी