विगतका दुई दशकहरूमा पखाला सम्बन्धी बाल मृत्युदरमा उल्लेख्य कमी आएको भएतापनि पखाला बाल स्वास्थ्य जनसंख्यामा अशक्तता समायोजित जीवन–वर्षको तेस्रो प्रमुख कारण बनेको छ ।
संक्रामक पखाला विभिन्न रोगजन्य ब्याक्टेरिया, भाइरल र प्रोटोजोलका कारण हुन सक्छ । यद्यपि, स्वास्थ्य सेवा सुविधाहरूको कमजोर निदान क्षमताको कारण न्यून आय र मध्यम आय भएका देशहरूमा (एलएमआईसीएस) नियमित अभ्यासको रूपमा पखालाका केसहरूको विशिष्ट एटियोलोजी रिपोर्ट बिरलै गर्ने गरिन्छ ।
फलस्वरूपः ती वातावरणमा चिकित्सकहरुले लक्षणात्मक उपचारको छनोट गर्दै लक्षणको आधारमा संक्रामक पखालाको अस्थायी व्यवस्थापन गर्दछन् । कम आय र मध्यम आय भएका देशहरूमा सिगेला संक्रमण बालबालिकामा हुने पखालाको प्रमुख कारकको रुपमा रहेको रिपोर्ट गरिएको छ ।
सिगेलोसिस, ब्लडी डायरिया वा ब्यासिलरी डाइसेन्टरी पनि भनिने ग्राम–नेगेटिभ ब्याक्टेरियाको इन्टेरोब्याक्टेरियाको परिवारको सिगेला जीनसले गर्दा हुने यो ब्याक्टेरियल पखालाको एक रूप हो । सिगेलोसिस भनेको खानाबाट हुने र पानीबाट सर्ने रोग हो, जुन प्रायः आफैंमा सिमित हुन्छ । तर, कहिलेकाहीँ मुख्यतयाः बच्चाहरू र कम रोग प्रतिरोधात्मक भएका व्यक्तिहरूको ज्यानसमेत लिन सक्ने हुन्छ । द ल्यान्सेट ग्लोबल हेल्थका हमदा बद्र र सहकर्मीहरुले बालबालिकासँग सम्बन्धित सिगेला संक्रमणका विभिन्न पक्षहरुको सम्भावित प्रसारलाई लिएर न्यून आय र मध्यम आय भएका केही देशको व्यक्ति, घरपरिवार तथा विभिन्न प्राकृतिक अवस्थाजस्ता कारकहरुलाई छनौट गरे ।
लेखकहरुले स्वास्थ्य सुविधा आधारित वा समुदाय आधारित निगरानी, कोहोर्टको अध्ययन तथा अफ्रिका, दक्षिण एसिया र ल्याटिन अमेरिकाका विभिन्न २३ वटा न्यून आय र मध्यम आय भएका देशहरुमा गरिएको परीक्षणको आधारमा तथ्यांकलाई विश्लेषण गरे । उनीहरुले ०–११ महिना, १२–२३ महिना र २४–५९ महिनाका ३ उमेर समूहका बालबालिकामा सिगेलाको सम्भावित प्रतिशतको आँकलन गरे । स्टुलका नमुनाहरु समुदाय र अस्पतालमा आधारित भएर लिइएका थिए । अध्ययनमा पिसीआर पुष्टि भएका, लक्षण भएका र नभएका दुवै किसिमका नमुनाहरु संलग्न गरिएको थियो । बद्र र उनका सहकर्मीहरुले हाइड्रोमेटियोरोेलोजिकल स्प्लाइनसँग सम्बन्धित नन लिनियर समीकरण्म अपनाउँदै हाइड्रोमेटियोरोेलोजिकलका चरहरुको प्रयोग गरे । त्यसपश्चात उनीहरुले सम्भावित सिगेला संक्रमणलाई सहभागीस्तर, घरायसीस्तर कोभेरिएट्स, वातावरणीय स्थानीय कोभेरिएट्स तथा हाइड्रोमेटियोरोेलोजिकल चरहरु तापमान, हावाको गति, सापेक्षिक आर्द्रता तथा माटोको आर्द्रतालाई सम्भावित मोडेल गरे ।
समग्रमा अध्ययनले १ वर्षभन्दा कम उमेरका बच्चाहरुको तुलनामा १ वर्षभन्दा बढी उमेर भएका बालबालिकामा सिगेला संक्रमणको उच्च जोखिम थियो (वाधा अनुपात ३.४२ ९५ प्रतिशत सिआई ३.२४–३.६१ १२–२४ महिनाका र ४.८२ ९५ प्रतिशत सिआई ४.४३–५.२१ २४–५९) महिनाका लागि रहेको थियो । स्थानीय वितरणको सन्दर्भमा सिगेला संक्रमण मध्य अफ्रिकी रिपब्लिक र दक्षिण सुडानका क्षेत्रहरुमा सबैभन्दा बढी थियो भने पश्चिमी चीन, मध्य एसिया र अर्जेन्टिनी एन्डिजका क्षेत्रमा सबैभन्दा कम भएको तथ्यांक रिपोर्ट गरिएको थियो । लेखकहरूले सिगेला संक्रमणको हाइड्रोमेटोरोलोजिकल र घरेलु–स्तर निर्धारकहरूको सन्दर्भमा दुई निष्कर्षहरू रिपोर्ट गरे, जसको एक महत्वपूर्ण व्याख्या आवश्यक छ । उनीहरुले ३३ डिग्रीभन्दा बढी तापमान भएका क्षेत्रमा लक्षण भएका र नभएका दुवै पखालामा सिगेला इन्फेक्सन हुने सम्भावना कम रहेको रिपोर्ट गरे ।
यो खोज दक्षिण कोरिया र चीनका महामारी विज्ञान अध्ययनका निष्कर्षहरूको ठिक विपरित छ किनकी ती अध्ययनले १२.५ डिग्री सेल्सियसको तापक्रम थ्रेसहोल्ड माथि सकारात्मक लिनियर सम्बन्ध रहेको रिपोर्ट गरेको थियो । त्यसैगरी, प्रयोगशालामा आधारित खोजहरूले सिगेला विषाक्त पदार्थहरू कोडिङ गर्न जिम्मेवार भाइरुलेन्स जीनहरू र होस्ट–सेल आक्रमणको लागि जिम्मेवार जीनहरू ३७ डिग्री सेल्सियसमा उच्च रूपमा फैलिने र यसले रोगजनकता बढाउने सुझाव दिएका छन् ।
यसरी ३३ डिग्री सेल्सियस र ३७ डिग्री सेल्सियसको बीचको तापक्रममा सिगेलाको संक्रमणको सम्भावना बढी हुन्छ र ३३ डिग्री सेल्सियसभन्दा माथि यो घट्ने सम्भावना बढी हुन्छ ।
विभिन्न जलवायु क्षेत्रहरूमा थप विश्वव्यापीस्तर अध्ययनहरू तापमान र सिगेला संक्रमण बीचको सम्बन्धको वास्तविक प्रकृति निर्धारण गर्न आवश्यक रहेको र विशेष गरी जलवायु परिवर्तनका कारण भएको अत्यधिक गर्मी र तापक्रमका वेभहरुबारेमा अध्ययन गर्न आवश्यक रहेको हामी विश्वास गर्छौ । त्यस्तै, अध्ययनमा रिपोर्ट गरिएको खुला दिसा गर्ने घरपरिवारमा सिगेला संक्रमणको कम सम्भावना हुनु अर्को चाखलाग्दो खोज हो ।
सिगेला मल–मौखिक मार्गमार्फत प्रसारित हुन्छ । मुख्यतयाः प्रत्यक्ष व्यक्ति–व्यक्ति सम्पर्कमार्फत र अप्रत्यक्ष रूपमा दूषित खाना, पानी र फोमाइट्समार्फत यो सर्ने हुन्छ । सिगेला ब्याक्टेरिया होस्टबाट उत्सर्जित हुँदा वातावरणीय अवस्थाहरूमा पर्छन् र मल सामग्रीको अनुचित डिस्पोजलले सत्तहहरू र घरेलु पानीको आपूर्तिमा दूषित हुने सम्भावना बढी हुन्छ । र, त्यसैले संक्रमणको सम्भावनालाई कम गर्नुको सट्टा बढाउँछ । बाढी, चक्रवात र तूफानजस्ता बारम्बार चरम मौसमी घटनाहरूको साथमा जलवायु संकटले खुल्ला दिसाबाट पिउने पानीका स्रोतहरू दूषित हुने, पखाला जस्ता जलवायु संवेदनशील रोगहरू फैलने जोखिम बढाउन सक्छ ।
खुला दिसा, बद्र र सहकर्मीहरूको अध्ययनमा देखाइएको सिगेला भविष्यवाणी सम्भावनाबीचको सम्बन्धको बारेमा न्यून आए भएका देश र मध्यम आय भएका देशमा भविष्यका अध्ययनहरूमा दोहो¥याउन सकिन्छ वा सकिनन् भन्ने कुरा हेर्न रोचक हुनेछ । इन्टरप्याथोजेन्स न्यून र मध्यम आय भएका मुलुकका ५ वर्षभन्दामूनिका बालबालिकामा अझै पनि चिन्ताको विषय रहेको छ । यसरी, यी अवस्थामा रोगजनक परजीविहरु विशेषतः पखालाबारे अनुमानमा तीन वटा महत्वपूर्ण जनस्वास्थ्य प्रभावहरू प्रयोग गर्न सकिन्छन् ।
प्रथमतः यसले लक्ष्य प्राप्तिका लागि (दिगो विकास लक्ष्य ३.२) लाई समर्थन गर्दै रोकथाम गर्न सकिने उपायहरु जस्तै, खोप अभियान, रोग र मृत्युदरमा दीर्घकालीन रुपमा कमी ल्याउने कुराहरुलाई कार्यन्वयन गर्न मद्धत गर्दछ ।
दोस्रो, संक्रामक झाडापखालाको कारणले हुने रोगजन्य ज्ञानले एन्टिबायोटिक प्रतिरोधी क्षमतालाई निरुत्साहित गरेर अयोग्य एन्टिबायोटिक औषधिहरूलाई निरुत्साहित गर्न मद्धत गर्न सक्छ ।
अन्तमा, जलवायु परिवर्तनको सन्दर्भमा र धेरैजसो झाडापखालाका लागि खोपहरूको अभावको सन्दर्भमा यो अनुमानले मौसमी सावधानीका उपायहरूको प्रभावकारी सञ्चार वा स्वास्थ्य विभागहरूद्वारा गैर–औषधि हस्तक्षेपहरूको कार्यान्वयनलाई सहज बनाउन सक्छ ।
यी उपायहरू मौसमी रूपमा परिवर्तन हुन सक्छन् किनकी बालबालिकामा हुने पखालाका कारण रोगजन्य विषाणुहरु भिन्न मौसमी ढाँचाहरू प्रदर्शन गर्न र तापमान, वर्षा र आर्द्रताजस्ता जलवायुजस्ता कारकहरूसँग सम्बन्धित रहेको रिपोर्ट गरिएको छ ।
(विश्व प्रसिद्ध ल्यान्सेट जर्नलमा प्रकाशित यो अनुसन्धान हेल्थआवाजले भावानुवाद गरेको हो ।)