२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारअस्पताल नगए तपाई र स्वास्थ्यकर्मी दुवै ‘कोभिड–१९’ बाट सुरक्षित

अस्पताल नगए तपाई र स्वास्थ्यकर्मी दुवै ‘कोभिड–१९’ बाट सुरक्षित


यस्तो अवस्था र लापरवाही बढिरहेको खण्डमा विश्वभर महामारीको अवस्था सिर्जना गरेको कोभिड–१९ ले नेपालमा पनि महामारीको रुप लिने निश्चित छ । श्वासप्रश्वासबाट सर्ने भएकाले नै कोभिड–१९ को संक्रमण सबैभन्दा तीब्र गतिमा फैलिएको हो । हामीलाई भिडभाडमा जान प्रतिबन्ध लगाई लकडाउनमा राख्नुको प्रमुख कारण भनेको रोगको संक्रमणबाट बचाउन हो ।

नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई म एक दन्त चिकित्सकको नाताले यो कुराहरु विचार गर्न अनुरोध गर्दछु । तपाईंहरुले समाचार वा सामाजिक संजालमा धेरै खबर देख्दै र पढ्दै आउनुभएको छ । कोरोना भाइरस संक्रमण हुने बित्तिकै हताहत भएर मृत्यु हुने होइन् । यसको मृत्युदर ४ प्रतिशत रहेको छ । यसको मतलब हो रोग १ सय जनालाई लाग्यो भने ४ जनाको मृत्यु हुने सम्भावना छ भने बाँकी आफै ठिक भएर जान्छ । त्यसकारणले डराएर शरीरमा तनाव बढाउन आवश्यक छैन । विश्व स्वास्थ्य संगठनले भने बमोजिम सावधानी अपनाउनु आवश्यक छ ।

शंका लागेर अस्पताल जानु भनेको सबैभन्दा ठूलो गल्ती हो । रुघाखोकी र ज्वरो आउँदैमा डराउनु पर्दैन । अस्पताल जानुभन्दा घरमै बसेर लक्षण देखिएअनुसारको सामान्य औषधी खाने, तागतिलो तरल खानेकुरा बढी मात्रामा खाने र आइसोलेसन अर्थात घरपरिवारका अरु मानिसहरूभन्दा अलग बस्ने । अहिले मौसम परिवर्तन भैरहेको अवस्थामा रुघाखोकी ज्वरो देखिनु सामान्य हो । हामी आत्तिएर अस्पताल गयौ भने पनि त्यहाँ यस्तो मौसमी फ्लुको उपचार सम्भावना छैन । अहिलेको अवस्थामा हामीसँग प्रायः अस्पताल व्यवस्थित रुपमा कोभिड–१९ संक्रमण रोक्ने संयन्त्र छैन ।

अस्पतालमा अहिलेको अवस्थामा सबैभन्दा बढी मानिसको जमघट हुने ठाउँ बनेको छ । त्यहाँ जानु भनेको कोभिड–१९ संक्रमित समीपमा जानु बराबर हुन सक्छ । यसरी अस्पताल नै अहिलेको समयमा सबैभन्दा जोखिम ठाउँ बन्न पुगेको छ । एकचोटी सोच्नुहोस् त तपाईं अस्पताल जानुभयो, कोभिड–१९ संक्रमण हुनुभयो भने त्यसको लक्षण देखिने बेलासम्म तपाईंले आफ्नो घरपरिवारका सम्पूर्ण सदस्यमा थाहा नपाई सार्न सक्नु हुनेछ । तसर्थ, अस्पताल जानु रोग निम्त्याउनु जस्तो हुन्छ । तर, अत्यन्त आकस्मिक समस्याहरु आएमा त्यसको विकल्प छैन ।

अस्पताल जान प्रयोग गरिने साधन एम्बुलेन्स पनि सुरक्षित छैन । त्यसैले दिनभरी विभिन्न बिरामी बोकेको हुन्छ । त्यस्तो अवस्थामा संक्रमित हुने सम्भावना झन बढ्छ । घरमै आइसोलेसनमा बस्दा तपाईंलाई रोगले त्यति सजिलै परास्त गर्न सक्दैन् । शरीरको रोग प्रतिरोधात्मक शक्ति नै हो प्रायः भाइरस संक्रमणबाट बचाउने । घरमा हुँदा आत्मा बल पनि उच्च हुन्छ । अस्पताल गए आफू छेउमा भएका सिकिस्त बिरामी देखेर तपाईंको मनोबल कम हुन्छ । तनाव बढ्छ र त्यस्तो अवस्थामा शरीरमा नकारात्मक हार्मोन बढी मात्रामा उत्पादन भई रोगसँग लड्ने क्षमता घट्दै जान्छ र  रोगलेभन्दा पनि तनावको कारणले थप स्वास्थ्य समस्या देखिन सक्छ ।

रुघाखोकी ज्वरोको साथमा श्वासप्रश्वासको सामान्य आएकोले कोभिड–१९ नै लाग्यो कि भनेर परीक्षण गराउने सोच्नु भएको छ भने एउटा कुरा याद गर्नुहोस् जुन रोगको औषधी छैन । रोग लागेको एकिन गरेर नि के फाइदा हुन्छ । झन त्रासको कारणले आत्मबल घट्न सक्छ । घरमा बसेर परिवारजनको माया, हौसला र स्याहारले आधा रोग यसै ठिक हुन्छ । तसर्थ, एकदमै गाह्रो अवस्था नआएसम्म घरमै बसौं ।

एकचोटी राम्रोसँग सोचौ अमेरिका, इटाली र चीनजस्ता देशले त बचाउन सकेनन् । त्यहाँका जनताको जस्तो अवस्थामा हाम्रो देशमा आए कसले के गरेर बचाउन सक्थ्यो होला र ? कोभिड–१९ बाट बच्ने एउटै उपाय छ उपचार छैन भन्ने कुरा बुझेर रोग लाग्ने जोखिम नलिउ । अस्पतालमा भिड गर्दा स्वास्थ्यकर्मीको मनोबल कमजोर हुनुको साथै स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना बढ्छ । कुनै एक स्वास्थ्यकर्मी संक्रमित भएमा, रोगको लक्षण देखिनु अघिको अबस्थामा दिनमै सयौं निरोगीलाई रोगको संक्रमण सर्न सक्छ ।

तपाईको सानो लापरबाहीले अस्पतालमा भिड बढ्न गएर स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम बढ्ने हुन्छ । अत्यन्तै जरुरी अवस्थामा बाहेक अस्पताल नजाउँ, कृपया घरमै बसौं ।

(डा. अधिकारी प्रिमियर डेन्टलका प्रबन्ध निर्देशक हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ