प्रा.डा. तीर्थ खनियाँ,
उप-कुलपति, त्रिवी
आज मेरा लागि असाध्यैं खुसीको कुरा इस्न्टिच्युट अफ मेडिसिनसँग लामो अन्तक्रिया, लामो सहकार्यपछि उत्पादनशील कामको सिलसिलामा महत्वपूर्ण प्वाइन्टमा हामी आइपुगेका छौं । वास्तवममा भन्नुपर्दा यो अहिलेसम्म दन्त चिकित्सा पढाउन निजी कलेजलाई हामीले दिएको सम्बन्धन त्रिविको नीति विपरीत थियो । हामी आफूले नचलाएको प्रोग्राममा अरुलाई सम्बन्धन दिदैंनौ भन्ने नीति थियो । तर, हामीले दिइरहेका थियौं । अर्को कुरा के आउँथ्यो भने आफू पनि चलाउन नसक्ने अरुलाई पनि चलाउन नदिने प्रश्न बारम्बार आइरहन्थ्योे । पोलिसीमै केही त्रुटीपूर्ण थियो कि ? किनभने, आफू पनि नगर्ने अरुलाई पनि नदिने भएपछि विरामी उपचार गर्न कहाँ जाने ? यक्ष प्रश्न थियो । कि त हामीले नीति परिर्वतन गर्नुपथ्र्यो या केही व्यवस्था गर्नुपथ्र्यो । समयमा नभएता पनि अहिले आएर खोलिएको छ । यो हामी सबैको निम्ति असाध्यै महत्वपूर्ण कुरा हो । विडिएसको कार्यक्रम संचालन हुँदै डेन्टल टिचिङ्ग अस्पतालको उद्घाटन गर्न पाउँदा ज्यादै खुशी लागेको छ ।
म सधै रियलनेसको कुरा गर्छु । हामीले नगर्दा अरुले नगर्ने पनि हैन्, अरुले नगरेको पनि हैन । हामी चार वर्ष पहिले आउँदै गर्दा (त्रिभुवन विश्वविद्यालय र इस्न्टिच्युट अफ मेडिसिनका पदाधिकारी) जुन प्याकेज बुझेका थियौं । त्योभन्दा अझ राम्रो बुझाउन सक्छौ कि सक्दैनौ भन्ने नै हाम्रो मुल्यांकन हो । हामीले बुझेको भन्दा त्यो भन्दा राम्रो बुझाउनुपर्छ । तर, यही अन्त्य हो भनेर हामी भन्न सक्दैनांै । त्यसकारण तपाईंहरुसँग म के कुरा रिभ्यु गर्न चाहन्छु भने हामी चार वर्ष अगाडि आउँदा अहिलेको इन्स्च्यिुट अफ मेडिसिनको स्टाटस के हो एचिभमेन्ट के हो ? यसबाट के उपलब्धि हासिल भयो ? त्यो सबै समीक्षा गर्न म तयार छु । समीक्षा गर्न चाहन्छु पनि ।
‘जुन मायाले धरधरी रुवायो, उही मायालाई भेट्न मन लाग्छ’
किनभने, म वास्तवमा शरीरमा कमजोर दाँत र सीप, कला, क्षमतामा कमजोर नाच्न र गाउनमा हो । तथापि मलाईं त्यो एउटा गीत याद आइरहन्छ । ‘जुन मायाले धरधरी रुवायो, उही मायालाई भेट्न मन लाग्छ’ हाम्रो सम्बन्ध र आइओएमको सम्बन्ध पनि त्यही नै हुँदै आएको छ । किनभने, हामी र आइओएमबीच द्वन्द्व पनि भइरहे । यो कुरा डा. गोविन्द केसीको नाम लिए पनि नलिएपनि प्रस्टै छ । उहाँ एउटा उत्कृष्ट फ्याकल्टी हो । यतातिर अहिले म जान चाहन्न । तर, यो पनि सत्य हो सबैभन्दा बढी क्रियाकलापमा संलग्न भएको, उपलब्धि हासिल गर्ने र जहाँ गएपनि देखाउने आइओएममा नै हो । त्यही भएर एउटा द्वन्द्वमा हाम्रो सम्बन्ध विकास भएको हो । सबै द्वन्द्वलाई हामीले उत्पादनशीलतामा बदलेका छौं । हाम्रा सबै द्वन्द्वहरु लोजिकल इन्ड भएका छन्, आइओएमको हितमा भ्रएका छन् । यसको विकासको निम्ति, प्रगतीको निम्ति, कम्प्रमाइज गर्नुपर्ने ठाउँमा गरेका छौं । यी सबै हाम्रो व्यक्तिगत लाभको लागि हैन । आइओएमका विकास होस् भनेर कयौ ठाउँमा कम्प्रोमाइज ग¥यौ । कति ठाउँमा असहमति जनाएर पनि निर्णयमा सहमतिमा गएका छौं ।
गर्वका साथ म भन्छु नौ वटा डिन कार्यालयमध्ये सबैभन्दा बढी क्रियाकलाप यही भएका छन् । अहिले हामी आफैं आएका होइनौं, उहाँहरुले बोलाएर आएका हौं । अहिले पनि सबैभन्दा बढी काम भएको छ भने यही भएको छ । चाहे कार्डियोथेरासिसको भवनको कुरा गरौं, चाहे मेडिसीन क्याम्पसको भवनको कुरा गरौं । चाहे अन्य क्रियाकलापको कुरा गरौं । जे नै भएपनि अहिले सिंगो त्रिविले गर्व प्रगति देखाउने र रेफर गर्ने ठाउँ यही नै छ । त्यसले गर्दा हामीले भन्ने गरेका छौं— हाम्रो त्रिविको इतिहासमा र अहिलेको परिपेक्ष्यमा अन्तर्राष्ट्रि रुपमा देखाउने शीरको रुपमा रहेको छ । अब यो रत्न बन्न चाहन्छ भने त्यसका लागि पनि हामी तयार छौं । तपाईंहरुले गरेको काम उत्कृष्ट छ । त्यो मैले भन्नै पर्दैन । सारा संसारले जान्दछ । सँगसँगै हामीले यो कुरामा पनि विचार गर्नुपर्ने हुन्छ कि तपाईंहरुको फुल पोटानसियल फुल कन्फिडेन्ट प्रयोग भएको छ त ? त्यो चाहिँ तपाईंहरु आफैले रिभ्यु गर्नुपर्छ भन्छु म । मैले युरोपको युकेबाट पिएचडी गरे । त्यसपछि पनि केही काम गर्न गएँ । त्यहाँका युनिभर्सिटीका प्रोफेसरहरु सोसलाइजेसनमा बसेपछि गफ गर्दै भन्छन्— हामी युरोपबाट अफ्रिका चलाउँछाै । त्यो भनेको के भने उनका युनिभर्सिटीका पिएचडी मास्टर्स त्यहाँका प्राइमिनिस्टर र प्रेसिडेन्ट हुन्छन् । एउटा प्रोफेसर त्यहाँ जाँदा एयरपोर्टबाटै रातो कार्पेट बिछाएर अमेरिकी राष्ट्रपतिजस्तो सम्मान हुन्छ ।
१०० सिट किन बनाउनु हुन्न ?
मैले भन्न खोजेको के भने अहिले देशको बजेट बनाउनेदेखि लिएर देश चलाउने धेरै नेता तपाईंहरुको प्यासेन्ट हुनुहुन्छ । त्यसलाई तपाईंहरुले बढाउनुभयो भने के पाउनुहुन्न । ती प्यासेन्ट विरामी मात्र हैन कि सन्तुष्ट भएर गएका साथीहरु हुन् । उनीहरु अहिले निर्णयकर्ता भएकाले उनीहरुबाट सोर्स निकाल्न क्षमता प्रस्तुत गर्नुभयो भने आइओएमको अवस्था यस्तोमात्र हुँदैन धेरै माथि हुन सक्छ । मैले रेफर गर्न खोजेको के भने मलाई बीचमा डिनज्यूले डेन्टल स्थापना गर्न टेक्नोलोजी लगाउनुभयो । त्यसैगरी एमबीबीएसको ७६ सिटलाई १०० सिट किन बनाउनु हुन्न । १०० सिट बनाउँदा के बिग्रन्छ ? जानकीलाई तपाईंहरुकै सिफारिसमा हामीले ५० सिट दिन हुने । अरु मेडिकल कलेज १ सय ५० बाट १०० मा आएका छन् । तपाईंहरुकै सिफारिसमा भएको छ भने त्यही चिज तपाईंहरु १०० मा जान सक्नुपर्ने हो । सायद हामी नन-मेडिकल भएर त्यो अपेक्षा राखेका हौं कि । मेडिकल साइन्सका विद्धानहरु यो तपाईंहरुको सीमा भित्र पर्दछ । मेरो दृष्टिकोणमा आईओएम आज यो पोटानसियालिटी, यो डेलिभरी र देशभरिको यो कमाण्ड र अन्तर्राष्ट्रिय लेभलमा पाएको रिकगनाइजेसन नै काफी छ भन्ने लाग्छ । मलाई थाहा छैन ७६ बाट १०० पुग्दा के हुन्छ ? मलाई के थाहा छ भने यो हाम्रो आईओएममा त्यो पोटेन्सियल छ, किन गरिराखेका छैनौँ?
शिक्षालाई अन्तर्राष्ट्रिय करण गर्नुपर्छ
विपीमा विदेशी विद्यार्थीलाई धेरै सिट दिइयो भनेर विरोध भएको छ । मेरो कसैलाई समर्थन र विरोध हैन । अहिले सबै कुरा अन्तर्राष्ट्रियकरण भैसकेको छ । हामीले स्वदेशीलाई कति सिट दिएर विदेशीलाई कति दिन सकिन्छ ? हाम्रो शिक्षालाई अन्तर्राष्ट्रिय करण त गर्नै प¥यो नि । नेपाल एकातिर विदेशमा विद्यार्थी पठाउने एक नम्बरमा छ । अनि बाहिरबाट एकजना पनि नआइज भन्नु हामी कहाँ छौ त ? मेडिसीनमा नआइज भन्ने इन्जिनियरिङमा नआइज भन्ने अनि के टिचर ट्रेनिङ्गमा आइज भन्ने त ? मेरो प्रश्न के हो भने कति सिट बढाउनुपर्छ ? त्यसका लागि कहाँ जाने हो ? हामीमा के कमजोरी छ । फिजिकल हो या इक्युप्मेन हो या रिसर्चमा जानुपर्ने हो जाउ । मलाई लाग्छ तपाईंहरु जस्तो वेस्ट एसएलसी, वेस्ट आइएसी, वेस्ट एमबीबीएस, वेस्ट स्पेसलिष्ट र समाजकै वेस्ट जनशक्ति भएको यो ठाउँमा तपाईंहरुको तर्फबाट अगाडि बढाइदिनुहुन्छ भने सायद समाजप्रति हामी जिम्मेवार भएको महसुस हुन्छ होला । यसमा हामीले गर्न सक्ने कन्ट्रीब्युसनमा हामी सधैं तयार छौं ।
(त्रिभुवन विश्वविद्यालयका उपकुलपती खनियाँले सोमबार चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जको बिडिएस शैक्षिक कार्यक्रम तथा दन्त चिकित्सा शिक्षण अस्पतालको उद्घाटनका क्रममा दिएको मन्तव्यको सम्पादित अंश ।)