२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकोभिड–१९ र मुटु प्रणालीमा असर

कोभिड–१९ र मुटु प्रणालीमा असर


यिङ यिङ झ्यङ्ग, यी टोङ्ग मा, जीङ्ग यिङ झ्यङ्, छियाङ्ग छि

‘सेभर एक्युट रेपिटरी सिन्ड्रोम’ भनिने कडा खालको दम रोग कोरोना भाइरस–२ (सार्स–सीओभी)ले एसीई–२ रिसेप्टर्सको माध्यमबाट मुख्य कोषिकाहरुलाई संक्रमण गर्छ । यो रोग निमोनियासँग पनि सम्बन्धित रहन्छ । यसले तीव्र रुपमा मायोकार्डियल इन्जुरी र पूरानो क्षतिका कारण मुटु प्रणालीमा पनि प्रत्यक्ष असर पार्दछ । जसकारण यस्ता समस्या भएका व्यक्तिहरुमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहन्छ । त्यसैले कोभिड–१९ को उपचारका क्रममा मुटु प्रतिरक्षात्मक विषयप्रति पनि विशेष ध्यान दिन आवश्यक रहन्छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानको हुबेई प्रान्तमा निमोनियाका कारण पहिलो पटक नोबेल कोरोना भाइरसको देखा परेको थियो । देखा परेको उक्त भाइरस छोटो समयमा नै महामारीको रुपमा विभिन्न मुलुकहरुमा समेत जोखिम अवस्थामा फैलियो । सो रोगजन्य भाइरसको पहिचान गरी छुट्याइएपछि यसलाई नोबेल कोरोना–२०१९ भनेर चिनिन थाल्यो । तर, कालान्तारमा गएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यसलाई आधिकारिक रुपमा ‘सिभियर एक्युट रेस्पिटरी’ अर्थात् ‘कडा खालको दम कोरोना भाइरस–२ (सार्स–कोभ–२ हुँदै कोभिड १९)’ को नाम दिएको छ ।

गत सन् २०२० जनवरी–३० मा डब्लूएचओले सार्स–कोभ–२ को प्रकोपलाई स्वास्थ्यअन्तर्गतको अन्तर्राष्ट्रियस्तरकै आपतकालीन चिन्ताको विषय घोषणा ग¥यो । यस कोभिड—१९ मा सन् २००३ मा देखिएको सार्स–कोभभन्दा पनि तीव्र रुपमा एकबाट अर्काेमा सर्ने क्षमता भएको पाइयो । तीव्र रुपमा फैलिरहेका उक्त केशहरुले यसको रोकथाम तथा नियन्त्रणको विषयमाथि एक गम्भीर चिन्ताका अवस्था सिर्जना गरिदिएको छ । विभिन्न क्लिनिकल अभिव्यक्तिहरुले कोभिड–१९ को लक्षणअन्तर्गत व्यक्तिपिच्छे केहीमा श्वासप्रश्वास सम्बन्धि त केहीमा भने मुटु सम्बन्धिजस्ता विभिन्न समस्याहरु देखापर्नु भनेको छ । तर, वृहत् रुपमा हेर्ने हो भने मुटु सम्बन्धि समस्या भएका अधिकांश व्यक्तिहरुमा भने यसको कारण मृत्यु हुने जोखिम उच्च रहेको छ । कोभिड—१९ ले पु¥याएको क्षति मुटु प्रणाली एवं पद्धतिअन्तर्गत महत्वपूर्ण रहन्छ । जसको समयमै गरिने उचित उपचारका कारण कोभिड–१९ संक्रमित व्यक्तिको मृत्युदरमा रोक लगाउन वा कम गराउन सक्छ ।

सार्स–कोभ–२ र एसीई

‘एन्जियोटेन्सिन–कन्र्भटिङ इन्जाइम’—२ (एसीई) एक झिल्लीबाट बनेको एमिनोपेप्टाइड्स हो । यसले मुटुको प्रतिरोधात्मक क्षमतामा महत्वपुर्ण भूमिका खेल्दछ । एसीई–२ मुटुको कार्य–गतिविधि, उच्च रक्तचाप तथा डायबिटिज मेलिटस (मधुमेह) आदिसँग सम्बन्धित रहेका हुन्छ । यसबाहेक यस एसीई–२ लाई कोरोना भाइरस–४, सार्स–कोभ र सार्स–कोभ–२ को कार्यकारी रिसेप्टरको रुपमा पनि व्याख्या गरिदै आएको छ । सार्स–कोभ–२ भाइरसको संक्रमण र एसीई भाइरस–स्पाइक प्रोटिनको सम्बन्ध मुटु तथा फोक्सोमा रहेको हुन्छ ।

सार्स–कोभ–२ ले मुख्यतयाः एल्भोर तथा पातलो कोषिकाहरुमा आक्रमण गर्छ । यो विशेषगरी सिभिडिका बिरामीमा श्वास—प्रश्वासका गम्भीर लक्षणका रुपमा देखा पर्छ । एसीई–२ को स्तर ‘रेनिन–एन्जियोटेन्सिन–एल्डोस्टरोन’ प्रणाली अवरोध गरेर पनि वृद्धि गर्न सकिन्छ । एसीई–२, सुरक्षित एवं सम्भावित थेरापी भनेको नै उच्च रक्तचाप कम गर्नु हो । यससँगै थेरापीको क्रममा बिरामीको शरीरमा एसीईलाई अवरोध पु¥याउने तथा एन्जियोटेन्सिन–रिसेप्टरका ब्लकरहरु भए वा नभएको भन्ने विषयमा विशेष ध्यान पु¥याउनु पर्छ ।

एसीई अवरोध वा एन्जियोटेन्सिन रिसेप्टर लिने गरेका कुनै पनि कोभिड–१९ वा उच्च रक्तचापका बिरामीले यससँगै एन्टीहाइपरेटिभ औषधि पनि सेवन गर्नुपर्छ भन्ने कुराहरु पनि आइरहेका छन् । तर, यसको निम्ति भने थप प्रमाणको आवश्यक रहेको छ ।

तीव्र मुटुको क्षति

मध्य–पूर्वीयमा देखिएको कोरोना भाइरस (मर्स–कोभ)सँग सम्बन्धित श्वासप्रश्वास सिन्ड्रोमको कारक तत्व तीव्र मायोकार्डिटिज तथा हृद्धयघात पनि हुन सक्ने जनाएको छ । सार्स–कोभ तथा मर्स–कोभका लगभग एकै प्रकारका कारक तत्वहरु रहेका छन् । मायोकार्डिकल क्षति यी नै भाइरसको संक्रमणको वृद्धिबाट हुने गरेको पाइएको छ ।

वुहानमा सार्स–कोभ–२ बाट संक्रमित ४१ बिरामीमध्ये ५ जनाको सफल उपचार भएको छ । जुन मुख्यतयाः संवेदनशीलता कार्डियक ट्रोपिनिनस्तर वृद्धिको रुपमा देखा परेको थियो । यसै क्रममा मायोकार्डियलका पाँच बिरामी मध्ये गहन चिकित्सा इकाई (आइसीयु)अन्तर्गत  भर्ना भएका चार बिरामीको अध्ययन गरिएको थियो । उनीहरुमा रक्तचापको मात्रा उच्च देखिएको थियो । जसले कोभ आइडी–१ को बिरामीहरुमा मायोकार्डियल क्षतिको गम्भीर प्रकृतिलाई दर्शउँछ । यसैगरि आइसीयूमा भर्ना भएका उक्त बिरामीमा बायोमार्करअन्तर्गतको मायोकार्डियल इन्जरीको मात्रा पनि अधिकतम देखिएको थियो ।

यसबाट के प्रस्ट हुन्छ, भने गम्भीर लक्षण भएका बिरामीहरुमा अक्सर तीव्र मायोकार्डियल चोटपटकको जटिलता अधिकतम रहेको हुन्छ । ‘नेशनल हेल्थ कमिशन अफ चाइना’ का अनुसार विस्तृत रुपमा सार्स–कोभ–२ का केशहरु निश्चित भएका बिरामीहरु प्रारम्भिक चरणमा भने मुटु सम्बन्धिका विभिन्न समस्या लिएर चिकित्सककोमा पुगेका थिए । यसरी श्वासप्रश्वास, ज्वरो तथा खोकीको समस्या लिएर अस्पताल जानेभन्दा मुटुको चाल एवं छाती कस्सिने समस्या कोभिड–१९ को रुपमा उपचार गरिएको थियो ।

नेएचसीको तथ्यांकअनुसार कोभिड–१९को संक्रमणबाट मृत्यु हुनेमध्ये ११.८ प्रतिशतमा सिभिडिको समस्या बिना पनि मुटुमा क्षति पुगेकोे थियो । उनीहरुमा मुटुको समस्या देखिएका कारण अस्पताल भर्ना भएका थिए । यसबाट पनि के स्पष्ट हुन्छ भने कोभिड–१९ का बिरामीहरुमा भाइरसको संक्रमण बढ्ने क्रममा शरीरको प्रतिरक्षात्मक शक्ति कम हुने भएकोले बिरामीको शरीर सुन्निने र कार्डियोभास्कुलरका लक्षण (मुटु रोग) को प्रकोप अधिक मात्रामा देखा पर्छ ।

यस्तै सार्स–कोभ–२ को संक्रमणबाट हुने तीव्र मायोकार्डियल इन्जरी एसीई–२ सँग पनि सम्बन्धित रहने सम्भावना रहेको छ । एसीई–२ ले प्रचुर मात्रामा फोक्सोसँगै मुटुको कार्यप्रणालीमा समेत प्रभाव पार्ने संकेत दिने भएकोले यसले मुटुको क्षतिमा पनि प्रत्यक्ष भूमिका खेल्दछ । मायोकार्डियल इन्जरी कार्यप्रणालीको अर्काे समस्या भनेको टाइप—१ र २–टी सहायक कोषिकाद्वारा अन्सन्तुलित प्रतिक्रियाले ट्रिगर गरिएको साइटोकाइन स्ट्रोम र कोभिड–१९ का कारण श्वासप्रवास सम्बन्धिको रोग वा अक्सिजनको कमी हुनु हो । जसकारण फलस्वरुप मायोकार्डियलका कोषहरु क्षति हुन पुग्छ ।

दीर्घकालीन पूराना मुटु रोग (क्रोनिक कार्डिभास्कुलर डिजिज)भएका बिरामी

सार्स–कोभ–२ को सफल उपचारपछि निको भएका २५ बिरामीको लगातार १२ वर्ष गरिएको अध्ययनमा उनीहरुको शरीरमा ६८ प्रतिशत हाइपर लिपिडेमिया, ४४ प्रतिशत मुटु प्रणालीको अनियमितता तथा ६० प्रतिशत ग्लूकोज मेटाबोलिजम डिसअर्डर रहेको निस्कर्ष पत्ता लागेको थियो । मेटाबोलोमिक्सको उक्त विश्लेषणअनुरुप सार्स–कोभ–२ बाट संक्रमित भएका बिरामीहरुमा लिपिड मेटाबोलिजमको पनि अनियमित रहेको थियो । संक्रमित भएका सो बिरामीहरुमा सार्स–कोभको संक्रमण बिना नै फ्रि फ्याटी एसिड, इसोफोस्फेटिडिल्कोलिन, लाइसोफोस्फेटिडिलेथानोलेमिन र फोस्फेटिडिल्गाइसेरोलका सिरम केन्द्रीकरणको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्थ्यो ।

यहाँसम्म कि सार्स–कोभ संक्रमणले लिपिड तथा ग्लूकोज मेटाबोलिजमलाई एकै नासले संयन्त्रित हुन दिएको थिएन । उक्त सार्स–कोभ–२ र नोबेल कोराना दुवैको समान स्वरुप भनेको मुटु प्रणालीको पूराना क्षति (क्रोनिक ड्यामेज) गराउनु हो । तसर्थ, कोभिड–१९ का बिरामीको उपचारका क्रममा मुटु संरक्षणमा विशेष ध्यान दिनु पर्दछ ।

पहिले नै सिभिडी देखा परेका बिरामी

मेटा विश्लेषणले देखाएअनुसार मर्स–कोभ संक्रमण सिभिडी–८ का बिरामीसँग मिल्दोजुल्दो रहेको छ । मर्स–कोभबाट संक्रमित भएका तथा लगातार लक्षण देखा परेका व्यक्तिमा ५० प्रतिशत उच्च रक्तचाप–मधुमेह तथा ३० प्रतिशत मुटु रोग देखा परेको देखिएको छ । ‘निमोनिटिस डाइग्नोसिस एण्ड ट्रिटमेन्ट प्रोगाम फर कोरोना भाइरस इन्फेक्शन (ट्रायल भर्सन–४)’ का अनुसार, वृद्धवृद्धामा देखिने कोमोर्विडिटिज विशेषगरी उच्च रक्तचाप, कोरोनरी मुटु रोग तथा मधुमेहका कारण सार्स–कोभ–२ सँग मिल्दोजुल्दो रहेको छ ।

यसबाहेक व्यक्तिमा सिभिडी भएका बिरामीमा सार्स–कोभ–२ बाट संक्रमणका गम्भीर लक्षणहरु देखा पर्ने सम्भावना बढी हुन्छ । तसर्थ, कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा सिभिडी बिरामीहरु अत्याधिक अनुपातमा रहेका छन् । एक अध्ययनअनुसार कोभिड–१९ को गम्भीर लक्षण भएका बिरामीहरुमध्ये ५८ प्रतिशतमा उच्च रक्तचाप, २५ प्रतिशतमा मुटु रोग तथा ४४ प्रतिशतमा मुटुको धड्कन अनियमितता हुने समस्या देखिएको थियो । यस्तै, एनएचसीले जारी गरेको एकतथ्यांकअनुसार सार्स–कोभ–२ संक्रमणबाट मृत्यु भएका ३५ प्रतिशत बिरामीमध्ये १७ प्रतिशतमा उच्च रक्तचाप तथा कोरोनरी मुटु रोगको समस्या देखिएको थियो ।

यसैगरी, तथ्यांकले देखाएअनुसार सार्स–कोभ–२ बाट संक्रमित भएका ६० वर्ष माथिका बिरामीमा लगातार प्रणालीगत लक्षण तथा निमोनिया देखिएको थियो । यसै कारण पनि सार्स–कोभ–२ बाट संक्रमित बिरामीमा निमोनियाको लक्षणको पनि उच्च जोखिममा रहने सम्भावना उत्तिकै रहेको छ । सार्स–कोभ–२ बाट संक्रमण तथा तीव्र कोरोनरी सिन्ड्रोम (एसिएस) भएका बिरामीका रोग निदान कमै मात्रामा भएको देखिन्छ । यसका लागि एसीईका बिरामीमा कार्डियल कार्यलाई रिजर्भ गरी मायोकार्डियल इस्केमिया वा मृत कोषिका (नेक्रोसिस) लाई कम गर्न सकिन्छ । अन्यथा जब शरीर सार्स–कोभ–२ बाट संक्रमित हुन्छ, तब मुटुको धड्कन कम भई बिरामीको अवस्था बिग्रने भय रहन्छ ।

वुहानमा कोभिड–१९ बाट संक्रमित भएका पटक–पटक बिरामी हुने तथा मृत्युदरसँग सम्बन्धित व्यक्तिहरुमा पहिलो चरणमा एसीएस देखिएको थियो । धड्कनको चाल कम तथा मुटु रोगले सार्स–कोभ–२ को संक्रमणलाई बढाउने मुख्य कारक तत्वको रुपमा काम गर्छ । तसर्थ, कोभिड–१९ को उपचारको क्रममा मुटु सम्बन्धि समस्या देखिनु एक जोखिमपूर्ण अवस्था हो । यसका निमित्त एन्टीभाइरल औषधि चलाउनुपूर्व बिरामीको अवस्थाबारे विशेष रुपमा अनुगमन गरिनुपर्छ ।

१ सय ३८ जना कोभिड–१९ संक्रमितमा गरिएको अध्ययनअन्तर्गत ८९.९ प्रतिशतलाई एन्टीभाइरल औषधि चलाइएको थियो । र, तीमध्ये विभिन्न एन्टीभाइरल औषधिले धड्कनको गतिमा कमी, एरिथ्मिया तथा अन्य मुटुको कार्यप्रणालीमा अनियमितता पैदा गर्ने पाइएको थियो । यसकारण पनि कोभिड–१९ को उपचार गर्ने क्रममा एन्टीभाइरल औषधिले मुटुमा पु¥याउने असरको बारेमा पनि विशेष ध्यान दिइनु पर्छ ।

निस्कर्षः

‘सेभर एक्युट रेपिटरी सिन्ड्रोम’ भनिने कडा खालको दम रोग कोरोना भाइरस–२ (सार्स–सी ओभी) ले एसिई–२ रिसेप्टर्सको माध्यमबाट मुख्य कोषिकाहरुलाई संक्रमण गर्छ । यस रोग निमोनियासँग पनि सम्बन्धित रहन्छ । यसले तीव्र रुपमा मायोकार्डियल इन्जरी र पुरानो क्षतिका कारण मुटुु प्रणालीमा पनि प्रत्यक्ष असर पार्दछ । जसकारण यस्ता समस्या भएका व्यक्तिहरुमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहन्छ । त्यसैले कोभिड–१९ को उपचारका क्रममा मुटु प्रतिरक्षात्मक विषयप्रति पनि विशेष ध्यान दिन आवश्यक रहन्छ ।

(नेचरमा प्रकाशित यो अनुसन्धानात्मक लेख सृजना मगरले भावानुवाद गरेकी हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ