२०८१ चैत्र २८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठटिप्सहेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा

हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा


आजकल मोवाइल फोनको लतले मानिसलाई  धेरै रोगि बनाएको छ, तर के तपाईलाई थाहा छ यो बानीले हामीलाई गम्भीर रोगको खाडलमा धकेल्न सक्छ । वास्तवमा, शौचालयबाट मोबाइल फोनमा ब्याक्टेरिया फैलिने जोखिम धेरै हुन्छ। यसले खाद्य विषाक्तता र भाइरल संक्रमण सहित धेरै गम्भीर रोगहरू निम्त्याउन सक्छ ।

टर्किस जर्नल अफ कोलेस्टेरोल डिजिजमा प्रकाशित अध्ययनका अनुसार शौचालयमा स्मार्टफोन प्रयोग गर्ने बानीले पाइल्स हुन सक्छ । अपोलो, स्पेक्ट्रा हस्पिटल जयपुरका जर्नल सर्जरी डा. रत्नेश जेनेभा कंसल्टेटका अनुसार लामो समयसम्म ट्वाइलेट सिटमा बस्दा धेरै गम्भीर रोग लाग्ने खतरा बढ्छ । जस्तै पाल्यस्, पाचनसम्बन्धि समस्या, युनिक टयाक्टर इन्फेक्सन, आन्द्रामा हुने इन्फेक्सन, घाँटी र पछाडि दुखाइ, हृदय रोग आदिको खतरा बढ्न तथा रोगको रिक्स् हुन सक्ने बताउछन् ।

बाथरुम र शौचालयमा फोन लिएर बस्दा पायल्सको खतरा बढ्छ ।
लामो समयसम्म ट्वाइलेट सिटमा एउटै पोजिसनमा बस्दा मलद्वार अतिरिक्त दबाब पर्दछ, जसले पायल्स निम्त्याउन सक्छ। यसबाहेक, मोबाइलमा फोकस गरेर, व्यक्तिले आफ्नो शरीरको संकेतलाई बेवास्ता गर्दछ। जसका कारण यो पूरै ताजा हुँदैन वा धेरै समय लाग्ने गर्दछ जसले पायल्स पनि हुन सक्छ।

बाथरुम र शौचालयमा मोबाइल बोक्ने बानीबाट कसरी छुटकारा पाउने ?
१० देखि १५ मिनेट भन्दा बढी शौचालयमा बस्नबाट जोगिनु पर्दछ । यदि शौचालय वा बाथरुममा आफूलाई विचलित गर्न आफ्नो फोन प्रयोग गरिन्छ भने,आफ्नो फोन बिना पनि ५ देखि १० मिनेटसम्म बस्न सकिन्छ या सकिन्न भन्ने आत्मापरीक्ष गर्न आवश्यक रहेको छ । यस समयमा शौचालय वा बाथरुममा फोन चलाउन भन्दा पनि आफ्ना बारेमा सोच्न सकिन्छ ।
शौचालयको सिटमा बसेर फोन प्रयोग गर्ने बानीबाट छुटकारा पाउन केही उपायहरु अपनाउन सकिन्छ । जस्तै ः
(क) बाथरुम जानुअघि फोनलाई निश्चित ठाउँमा राख्ने ।
(ख) यो बानी बिस्तारै छोड्न आफैलाई उत्प्रेरित गर्ने ।
(ग) नराम्रो बानीलाई आत्मसमर्पण नगर्ने।
(घ) ट्वाइलेट प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन भनेर आफैलाई सम्झाउने । मोबाइल सेनिटाइज गर्न आवश्यक छ ।
फोन भनेको एउटा यस्तो यन्त्र हो जसलाई मानिसले बिहान आँखा खोल्दादेखि राती सुत्ने समयसम्म साथमा राख्छ। त्यसैले यो ब्याक्टेरियासँग बढी सम्पर्कमा आउँछ। यस्तो अवस्थामा हप्तामा कम्तिमा एक पटक आफ्नो मोबाइललाई सेनिटाइज गर्नुपर्दछ ।

टेक एक्सपर्ट उपेन्द्र शर्माका अनुसार निम्न तरिकाबाट मोबाइल सेनिटाइज गर्न सकिने बताउछन् । जस्तै ः
(क) सबैभन्दा पहिले मोबाईल अफ गर्ने र मोबाइलको कवर निकाल्ने ।
(ख) नरम कपडामा अल्कोहल तरल हाल्ने ।
(ग) नरम कपडाले मोबाइलको अगाडि पछाडिको दुवै भाग राम्रो संग पुछ्ने ।
(घ) स्पीकर र क्यामरा पुछ्नको लागि कपासको प्रयोग गर्ने ।
(ङ) फोनलाई सुख्खा हुन करिब १५ मिनेट जति राख्ने र सुख्खा भएपछि मोबाइल कवर लगाउने ।
(च) कभरहरू र इयर फोनहरू जस्ता अन्य फोन सहायक उपकरणहरूको कभरहरू पनि सफा गर्न नभुल्ने ।
(छ) हरेक दिन सम्भव हुन नसक्छ तर हप्ताको एक दिन मोबाइल फोनलाई सेनिटाइज गर्न सकिन्छ ।

पाइल्स भनेको के हो ?
मलद्वार वरपर मासुको डल्ला थुप्रिनुलाई पाइल्स भनिन्छ । यसलाई अल्काइ, बबासिर तथा हेमोरोइडस् पनि भनिन्छ। यसको सही उपचार भएन भने धेरै पीडा दिने र दैनिक जीवनलाई निकै प्रभावित गर्छ। पुरानो अवस्थामा भने रक्तस्राव हुन सक्छ।

पाइल्स किन हुन्छ ?
निरन्तर लामो समयको कब्जियत पाइल्सको प्रमुख कारण हो।
– मैदाजन्य खानपान, माछा, मासु, अन्डा, दूध आदि बढी प्रयोग गर्नु। धेरै चिल्लो, पिरो, अमिलो, मसला र खुर्सानी टोक्ने बानी।
– हरियो सागसब्जी, फलफूलको कमी र पानी कम पिउनु।
– तौल बढी हुनु । शारीरिक श्रमको कमी तथा नियमित व्यायाम नगर्नु। एकै ठाउँमा बस्ने बानी गर्नु।
– राती ढिला सुत्ने र बिहान ढिला उठ्नु।
– दिसा, पिसाब रोक्ने बानी।
– अत्यधिक धपेडी र आरामको कमी। धेरै भारी व्यायाम गर्नु, भारी सामान उठाउनु। धेरै तनाव, अनिद्रा हुनु।

पायल्सका लक्षणहरू के के हुन् ?
पाइल्सको सबै अवस्थामा पहिलो लक्षण भनेको दुखाइ नै हुन्छ।
– मलद्वारको भित्री तथा बाहिरी भागमा मासुको डल्लो जस्तो गाँठो पर्नु, मासुका डल्ला झुन्डिनु।
– दिसा गर्दा बेलाबेलामा रगत आउनु।
– मलद्वार वरपर रातो हुनु, सुन्निनु, पोल्नु, दुख्नु, चिलाउनु।
– उठ्न, बस्न, हिँड्डुल गर्न पनि गाह्रो हुनु।
– कसैकसैलाई गनाउने पिप बग्ने समस्या हुनु।

पायल्सबाट बच्ने उपाय के के छन् ?
अपोलो स्पेक्ट्रा अस्पताल जयपुरका जनरल सर्जन डा. रत्नेश जेनाउ बताउँछन्, पायल्सबाट बच्न फाइबर युक्त आहार र हरियो सागसब्जि खाने, प्रशस्त मात्रामा पिउने र नियमित समयमा ताजा हुने बानी बसाल्ने, धेरैबेर शौचालयमा नबस्ने र नियमित रुपमा व्यायाम गर्नुपर्दछ ।

पायल्सको कुनै उपचार छ ?
डा. रत्नेश जेनाउ भन्छन् पायल्सको उपचार सम्भव छ । पायल्सको सुरूआतको चरणमा छ भने खानपिनमा परिवर्तन गर्ने र औषधि खाने, दोस्रो चरणमा छ भने व्याण्डिङ गराउन सकिन्छ , तेस्रो चरणमा छ भने लेजर थेरापी गरिन्छ। त्यस्तै चौथो चरणमा छ भने लेजर थेरापी या अपरेसन गरिन्छ।फिसर छ भने सुरूमा दिसा पातलो गर्ने औषधिको प्रयोग गर्न सकिन्छ ।

 

 

 

 


क्याटेगोरी : टिप्स, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ