२०८२ वैशाख ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठस्वास्थ्य शिक्षामेडिकल काउन्सिलद्वारा न्याम्सका लागि विशेषज्ञ तहको सिट निर्धारण, कुनमा कति सिट ?

मेडिकल काउन्सिलद्वारा न्याम्सका लागि विशेषज्ञ तहको सिट निर्धारण, कुनमा कति सिट ?


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले आगामी शैक्षिक सत्रका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिट निर्धारण गरेको छ । जसअनुसार एमडी/एमएसतर्फ १ सय १५ सिट र डिएम/एमसीएचतर्फ २१ सिट निर्धारण काउन्सिल स्रोतले जानकारी दिएको छ ।

न्याम्सलाई एमडीएमएसतर्फ एनेस्थेसियामा १५, डर्माटोलोजीमा २, इएनटीमा ४, इन्टरनल मेडिसिनमा १५, गाइनोकोलोजीमा १४, अप्थोमोलोजीमा १७, अर्थोपेडिक्समा ८ सिट दिएको छ ।

त्यसैगरी पेड्रियाटिक्समा ११, साइक्याट्रिकमा १, प्थाथोलोजीमा ३, एमडिजिपीमा ३, रेडियोलोजीमा ६, रेडिएसन अंकोलोजीमा २ र जनरल सर्जरीमा १४ सिट निर्धारण गरेको छ ।

डिएममा कार्डोलोजीमा ३, गास्ट्रो इन्ट्रोलोजीमा ३, हेपोटोलोजीमा २, मेडिकल अंकोलोजीमा २, नेफ्रोलोजीमा २ सिट निर्धारण गरेको छ ।

त्यसैगरी, एमसिएचतर्फ न्युरो सर्जरीमा २, प्लास्टिक सर्जरीमा २, थोरासिक एण्ड भास्कुलर सर्जरीमा २, युरोलोजी २ सर्जिकल गाइनोकोलोजीमा १ सिट तोकेको छ । यस वर्ष एमडीएसतर्फ विभिन्न विद्याका लागि ७ वटा सिट निर्धारण गरेको छ ।

काउन्सिलले गत वर्षभन्दा यस वर्ष केही सिट बढी निर्धारण गरेको छ । न्याम्सको एकेडेमिक काउन्सिलले प्रस्ताव गरेको भन्दा केही सिट बढेको छ । न्याम्सका डिन प्रा.डा. पियुष दाहालले वीरको बिरामीको चाप र पढाइको गुणस्तरलाई आधार मानेर काउन्सिलले सिट संख्या थपिदिएको हुन सक्ने बताए ।

‘काउन्सिलका सबै सदस्यहरु न्याम्सका अध्ययन त्यसको गुणस्तर, फ्याकल्टी र बिराचीको चापका बारेमा जानकार नै हुनुहुन्थ्यो,’ उनले भने, ‘त्यही भएर पनि अघिल्लो वर्षभन्दा बढी संख्यामा पढाउन सक्छन् भनेर विश्वास गर्नुभएको होला ।’ उनले सिट संख्या बढेको विषयमा आफूलाई औपचारिक जानकारी नआएको तर अनौपचारिक रुपमा केही सिट बढेको भन्ने सुन्नमा आएको बताए ।

प्रा.डा. दाहालले न्याम्सले थप सिट संख्या बढाएर अध्यापन गराउने विषयमा काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्मा, सदस्यद्वय डा. कालुसिंह खत्री र डा. अंकुर साहसँग पटक—पटक छलफल गरेको बताए । ‘उहाँहरु पनि सकारात्मक हुनुभयो र हामीले पनि क्षमता बढाउन सक्छौं भन्ने लाग्यो,’ उनले भने, ‘यो उपलब्धि समग्र देशको स्वास्थ्यका लागि नै हो । न्याम्सले भर्खरै समायोजन भैरहेको अवस्थामा फ्याकल्टी नपुग्लाकी भन्ने डर थियो तर त्यस्तो नभएपछि हामी सजिलै गर्न सक्छौं ।’


क्याटेगोरी : स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ