फेसियल भनेकोे अनुहारमा गरिने मसाज हो । अर्थात फेसियलमा प्रयोग हुने कुन सामग्री कुन बेला प्रयोग गरिन्छ भन्ने बुभिन्छ । फेसियलले छालासँग सम्बन्धित समस्याहरू जस्तै दाग, चाउरी, सुख्खा छाला र एक्ने कम गर्न सक्छ । फेसियल जस्ता ब्यूटी ट्रीटमेन्ट हात र मेसिन दुवैबाट गरिन्छ । यो मुख्यतया पार्लर र ब्यूटी स्टुडियोहरूमा गरिने उपचार हो । फेसियल गर्ने प्रक्रियामा निपुण व्यक्तिबाट मात्र अनुहारको उपचार लिनुपर्छ, अन्यथा गलत तरिकाले गरेको फेसियलले राम्रोको सट्टा छालामा नराम्रो असर पार्न सक्छ । त्यसकारण फेसियल गर्दा उपचार गर्ने ध्येयले गर्नुपर्दछ ।
फेसियल उपचार ३ प्रकारले गर्न सकिन्छ । ति हुन ः
(क) डिप क्लिन्जिङ म्यानुअल फेसियल
यस फेसियलमा skin Analysis पछि अभिबलक, डिप क्लिन्जिङ, Exfoliation, फेसियल massage, Mask र moisturizing समावेश गरिएको हुन्छ । यो फेसियल गर्न करिब एक घन्टा लाग्छ ।
(ख) मिनी फेसियल
यो फेसियल करिब आधा घन्टामा गर्न सकिन्छ । कम समयमा यस्तो फेसियल गरिदिर्नुपर्ने अवस्था परेमा यसको उपयोग गर्न सकिन्छ । अथवा नयाँ ग्राहकका लागि पनि उपयुक्त हुन्छ । यसमा पनि skin Analysis गरिन्छ र Specialized Products फेसियल गरिन्छ ।
(ग) इलेक्ट्रिक फेसियल
यो फेसियलमा Specialized Service Manual फेसियल गर्दा प्रयोग गरिने electrical equipment जस्तै high frequency galvanic, micro-current लगायतका उपकरणले फेसियल गरिन्छ । यसले गर्दा छालामा blood circulation supply राम्रो हुन्छ र यसबाट new cell regeneration, लत्रिएको छालामा चाउरी पर्दा देखिने धर्सा कम हुन्छ । रौंका कोपहरुको आकार घटाउन र black heads आँखाको वरिपरि मबचप अष्चअभि हटाउन मद गर्दछ ।
फेसियल गर्ने तरिका
अनुहारमा गरिएको मेकअप हटाउने ।
–अनुहार घाँटकिो क्लिन्जिङ
–डिप क्लिन्जिङ
–स्क्रबिङ
–टोनिङ
–अनुहारको मसाज
–ब्लयाक हेड्स र ह्वाइट हृड्स निकाल्ने
–अनुहारमा वाफ दिने छाला अनुुसार timming राख्ने
–प्याक लगाउने छाला अनुुसार माक्स लगाउने
–मस्चराइज लगाउने
–सन ब्लक्स तथा सनस्क्रिम लगाउने ।
फेसियल उपचारका फाइदा र प्रभाव
–डिप क्लिन्जिङले छालामा हुने रौंको छिदैभित्र भएको फोहोरलाई भित्रबाट सफा गर्दछ ।
–epidermis layer को माथिल्लो भागको मृत कोशिका हटाउँछ ।
–रक्त सञ्चार राम्रो हुन्छ र छालामा पोषणतत्वको कमीलाई पूरा गर्छ । छालामा भएको विषाक्त पदार्थलाई हटाउँछ । –मेटाबोलिज्म र छालाको कोशिका गर्छ ।
– skin को Ph लाई ब्यालेन्स गर्छ ।
–fine lines र wrinkles लाई हटाउन मदत गर्छ ।
–इन्द्रीयहरुलाई तनाव कम गर्न र आराम मिल्छ ।
–मांसपेसीहरुलाई आराम दिलाउँछ ।
(लक्ष्मी महतको हेल्थ एण्ड ब्युटि पुस्तकबाट साभार)