कलर गरेको कपाललाई घामबाट कसरी बचाउने

कलर गरिएको कपाललाई घामबाट जोगाउन विशेष देखभालको जरुरी हुन्छ । विशेषज्ञहरुकाअनुसार गर्मी र घामका बेला कलर चाडै उडन थाल्छ । गर्मी र घामका बेला कलर गरिएको कपाललाई जोगाउनका लागि केही टिप्सहरु
- कलर गरिएको कपालका लागि त्यही प्रोडक्सको प्रयोग गर्नुपर्छ, जुन कलर गरिएकै कपालका लागि प्रयोग गर्न बनाइएको हुन्छ । जस्तो कि कलर सेभ गर्ने स्याम्पु र कन्डिसनर, सीरम वा एसपीएफ अथवा युभी प्रोटेक्सनसहितका लाइभ—इन कन्डिसनरको प्रयोग गर्नुपर्छ ।
- घाममा निस्कनुभन्दा पहिले स्कार्फ वा क्यापले कपाललाई राम्रोसँग ढाक्नुपर्छ । किनभने, सुर्यको किरण सिधैं कपालमा नपरोस ।
- कपाललाई टुक्रनबाट बचाउन लामो दात भएको काइयोको प्रयोग गर्नुपर्छ ।
- कपाल सुख्खा छ भने त्यसको जरामा पुग्ने गरी हट आयल मसाज गर्नुहोस । मसाज गरेपछि ४० मिनेटसम्म छाडिदिनुहोस र त्यसपछि कपाल धुनुहोस् ।
- यस्तो खाद्य पदार्थ सेवन गर्नुहोस जसमा क्याल्सियम र आइरन धेरै होस । यसका साथै खानामा प्रोटिनको पनि ध्यान राख्नुहोस् ।
- तनाव कम लिनुहोस र हरेक दिन ८ घण्टा मस्त निदाउनुहोस ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ३ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
तपाईको प्रतिक्रिया दिनुहोस